Posted by: Rahuldai May 19, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

लहरे,
रेस्ट को कथा एक रात मै सकियो । अब अर्कै रूमको कथा सुरु हुन्छ ।


चिप्ले,
मेलम्चीको पानी हाम्रो संबिधान सभा जस्ताइ हो । हात्ती आयो आयो फुस्सा को किस्सा जस्ताइ ।


जीरा,


त्यै त बुझ्नेलाई श्रीखन्ड भनेको यही होइन त ?


 


भिजलान्ते,


दिनको एक भाग लेख्ने लक्ष मुताबिक लेख्दै छु । आज अर्को भाग आउने छ ।


अरहत,


केही सकरात्मक पक्ष मैले पनि महशूश गरेको छु । आउँदा भागहरुमा तिनको भाग नि आउने छ ।


newlynew


मेडिया को बिकास को एउटा सकारत्मक पक्ष हो नै । तर पार्टी ले मेडिया चलाउन थालेको छ । जनता दिग्भ्रमित पार्ने च्यानलहरुले देशकोलाई अझ अगती गराउने छ नै ।


 


पिरे,
जग्गा भाउ बढ्नु, घरअको मुल्य आकाशइनु मा जती रेमिटेन्स को हात छ त्यो भन्दा पनि द्वन्दकाल र त्यसपछी पनि लुटिएका अल्याख सम्पतिको हात खुट्टा छ । माओवादीका सामान्य कमाण्डर को पनि अहिले काठमाडौ का घर जग्गा छ ।


 


क्रेजी,
टिप्पणी सहि थियो । राम्रा कुरा नि देखेको छु । क्रमश: मा आउन बाँकी नै छ । आज आउने नयाँ अंकमा अपत्यारिलो राम्रो कुरा देख्नु हुने छ ।

Read Full Discussion Thread for this article