Posted by: Rahuldai May 18, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालको यात्रा भाग ६ ।


मेघ गर्जियो, बर्षा भो । बाढी आयो। "रेस्ट रूम इज द बेस्ट रूम " भयो । राती ओखती किन्ने पसल खुल्ने कुरै भएन। खुले नि निस्कनलाई सुरक्षित समय थिएन । झिस्मिसे ब्यानै भाईलाई ओखती किन्न पठाएँ। बीर अस्पताल सम्म गएर "बाढी" रोक्ने ओखती ल्याइ दिए । जीवन जल को भरमा जीवन धानी रहें । शरीरको जम्मै शक्ती पानी संगै बगेकोले होला, त्यो दिन पुरै बेड रेस्ट गर्नै पर्‍यो ।



ओखतिले काम गर्‍यो । रेस्टरुम जाने आव्रित्ती कम भयो । शक्ती संचय नि भयो ।


त्यो दिनको घर बसाइले इष्ट मित्रकोमा डिनर ज्यूनार गर्न बोलावटलाई स्थगन गर्नु पर्ने बाहेक  केही घाटा रहेन।


जबर्जस्तिनामा स्विक्रित भएर आको खबर आयो । आँफै आउनु पर्ने रे चिट्ठी बुझ्न, सनाखत गर्नु पर्ने रे । सिंहदरबार जाने र छिर्ने झंझट बारे पहिला नै लेखी सकेको छु । यसपाली भने टोलको भाईलाई बिन्ती पत्र हालें । सिंहदरबार सम्म बाइकमा पुर्‍याइ दिनु बाउ भनेर । " झूर संचार " सम्म जाने काम भएकोले भाई मान्यो । हर्षले गदगद भएं । माइक्रो को कोचाकोच र चप्पलको दाग बाट मुक्ती मिल्ने भयो । सिंहदरबार पुगें । यसपाली भने नागरिकता धरौटी राखी छिरियो ।



सनाखत गरियो, पत्र बुझियो । २ दिन मै जबरजस्तिनामा स्विक्रित भएको रेकर्ड हुनु पर्छ हाम्रो मन्त्रालयमा । उपसचिब - खनालज्यू कमाल थियो त्यो। हाम्रो तर्फबाट अन्तिम ( सरकारी ) चिया खाएर जानुस् भन्नु भयो र उहाँको शालिनता र आग्रह प्रती नतमस्तक हुंदै अन्तिम चिया पिएं र फर्कें ।


यसरी नेपाल सरकार बाट आफ्नो सम्बन्धन तोडियो । कसैले भनेको याद आयो। जागिर त छोड्न सजिलो, जागिर छोडे पछीको प्रकृया झन झन्झटिलो र उदेक लाग्दो हुन्छ। ओरालो लागेको म्रिगलाई झै सबैले खेदछन । अझ अम्रिकाबाट आएको भन्न साथ सबको नजर महादेबको हुन्छ ।



जबर्जस्तिनामा पत्र बोकेर आफ्नो बिभाग गएं । यसपाली पनि २ वटा टेम्पू को शरण लिनु पर्‍यो। टेम्पूको खाली सीटले राहत दियो नै । तर ट्राफिक जाम र जेपिटी हँकाइ भने कहाली लाग्दो । एक छिन् रोकिए जस्तो भयो भने प्राय बाइक चलाऊनेहरुको स्पेशल ट्र्याक सड्क पेटी हुने रहेछ , त्यसमा पनि अधिक संख्यामा महिला चालक हुने रहेछ । "महिला सधैं पहिला" त्यसै भनेको रहेन छ जस्तो लाग्यो । सब लाई हतार रहेछ हाम्रो देशमा । यती हतार कि कतार जाने फलाइट छुटी हल्ला जस्तो । जुन देशमा धेरैको काम छैन, समय सीमाको कुनै अर्थ छैन , त्यहीं सबलाई हतार छ । २ मिनेट ढिला पुग्दैनमा कसैको केही जानेवाला छैन । दरिद्र मानसिकता र संस्कारी परबरिस को अभाव ।



बिभाग पुगियो २ बजे को हुंदो हो । एक जना संगै काम गरेको मित्रको कोठा भित्र गएं । राजिनामा पछीको सुबिधा पाउं भनी निबेदन लेख्नु पर्छ भन्ने सल्लाहा दिए तिनले र लेखें । राजिनामा स्विक्रित भएको पत्रको नक्कल सहित् निबेदन दर्ता गराउन गएं । तोक न लगाइ दर्ता नगरिने सरकारी नियम। तोक लगाउन महानिर्देशकको कोठामा गएं । साहेब मन्त्रालयमा मिटिङ मा रे ।उप महानिर्देशकको मा तोक लगाउन सल्लाह दिए पिए साहेब ले। उप पनि थिएन कोठामा ।


 साथी संगै क्याण्टिनमा गयौं । सप्पै जसो इन्जिनियर साहेबहरु क्याण्टिन मै भेट भयो । हाइ हेल्लो गर्दै घण्टा बित्यो । तपाईं सँग बिशेष कुरा गर्नु पर्छ भन्दै आए २-३ जना । चिया खाएर तपाईंको कोठामै हाजिर हौला भने।


उपमहानइर्देशज्यू को पनि क्यान्टिनमै सवारि भयो । नमस्कार गर्नै पर्‍यो , काम जो थियो । भित्री मन देखी नमस्कार गर्न मन लागेको थिएन। जागिर खोस्न उद्यत एकजना मतियार उहाँ पनि हुनु हुन्थ्यो ।



"सर एउटा काम थियो ।"



"के काम भनी हाल्नुस् , मलाई मन्त्रालय जानु छ ।"


"राजिनामा स्विक्रित भएर आयो, यसो यसमा तोक लगाइ दिनु पर्‍यो ।"



"तपाईंले राजिनामा दिनै नहुने । तपाईं जस्तो होनहार मान्छेले बिभाग छोडेर गए बिभागलाई घाटा पर्छ ।"



गोही को आँशु चुहाउन छोडेन हाकिमा ले। नियमानुसार बिदा मागेकोमा, नियमानुसार अझै डेढ बर्ष बिदा दिन मिल्नेमा बिदा थप गर्न नहुने राय दिने तिनै हाकिम थिए ।



"लेखा + प्रशासन"  भनी साढे दुई बहुमुल्य शब्द शाहीत तोक लगाइ दिनु भयो।
धन्यवाद भन्दै पत्रलाई दर्ता डेस्क मा बुझाएं र आँफै लेखा शाखामा बुझाएं ।



"आज बत्ती छैन, भोली बिहानै आउनुस् १ बजे सम्म बत्ती आउछ । निजामती किताब खानामा  चिट्ठी लेखी दिन्छौ। प्रशासन मा गएर बिदाको रेकर्ड लिएर आउनुस् ।"


 
हस सर भन्दै प्रशासन साखामा गए। कोइ थिएन । शाखा अधिक्रित ठेलुवा मा बढुवा भाको सुब्बा साहेब । कर्मचारी संगठन को नेता । पार्टिको मिटिङ मा गाको रहेछ । ४ बजी सक्दा फर्किने कुरा भएन । भोलिको लागि काम पेन्डिङ मा राख्दै अघी स्पेशल कुरा गर्नु पर्छ भन्ने इन्जिनियर  साहेबको कोठामा छिरें ।



"ओह सर, तपाईं त पुरै अमेरिकन जस्तो देखिनु हुन्छ, के खानु हुन्छ अम्रिकामाम ?? "


चिल्लो घसाइ बुझी हालें ।



"अमेरिका गए नि दाल भात खान्छु ।खासै केही परिवर्तन आएको छैन म मा ।"



"हैन सर, अम्रिका जाने कसरी ? हामीलाई नि सिकाइ दिनु पर्‍यो। यो देशमा बसेर केही हुन्न । खत्तम छ ।"



मन मनै भन्न मन लागेको थियो । मन मनै गुम्साए । महिनाको १० हजार तलब खाइ २ छोरीलाई चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ? देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ ।


"पैसा नि निक्कै कमाइयो होला नि ? "



"अं ,  कमाएं, विद्यार्थी लाई पनि टन्नै पैसा दिंदो रहेछ अमेरिकामा ।"


"आउनुस् तपाईं पनि । किन २-४ हजार को पी सी ( इन्जिन्यरिङ्ग भाषामा कमिशन ) को लागि ठेकेदार को तलुवा चाट्नु हुन्छ ।"



"हैन साच्चै भन्नुस् ", " आउने कसरी ?"



"जी आर ई दिनुस् , युनिभर्सिटी मा आप्लाई गर्नुस् । तपाईं जस्तो विद्वानअलाई लाई ली हाल्छ नि ? "


 


"जी आर ई त..................... । "



क्रमश :
  
 

Read Full Discussion Thread for this article