Posted by: chipledhunga May 14, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

 बम्पर उपहार जित्नुभएकोमा बधाई!!!


आफ्नो पनि केही ट्याक्सी महात्म्य थपिहालूँ। भनिहालें नि मिटर घुमेको देखेर रिंगटा लाग्ने भएकोले सकेसम्म ट्याक्सी नचढ्ने नै गर्थें भनेर।  तर पनि चढ्नै पर्ने अवस्थाहरु आइरहन्थे। मुख्य कारण चाँही: समय अभाव, सामान धेरै भएको बेला, र साँझ परे पछि माईक्रोबस, टेम्पो आदि नचल्नु। एक चोटि उही समय अभावले सतायो। जानु पर्ने ठाउँ पनि अलि अपरिचित। त्यो पनि आफू त्यति नजाने ठाउँबाट जानु पर्ने।   गन्तब्य बताए पछि कुन बाटो जाने भनेर सोध्छ, अब जताबाट छिटो हुन्छ त्यतैबाट लानुहोस् भनें। मिटरमा हरेक २०० मिटरमा पैसा चढ्नु पर्ने हो, तर त्यो भन्दा निकै कम् दूरीमा चाढिरहे जस्तो लाग्यो। अगाडीकै सिटमा बसेको हुँदा यसो मिटरको सिल छोएँ, तोडेको यसै थाहा हुन्छ कि हुन्न भनेर। तोडेकै जस्तो त कतै देखिएन, अनि त्यही बेला गुरुजिले बुझाउन थाले, त्यो हाम्रो सिल हो, तोड्यो भने (कती हो बिर्सिएँ) जरिवाना लाग्छ भनेर। (पछी पो बुझ्दै गएँ त भाडा ठग्ने अनेकौं उपाय हुँदा रहेछन् त्यो अर्थिङ गर्ने, छुस हान्ने आदि आदि)।  अनि सोध्यो बिदेशबाट आउनुभएको हो भनेर। तपाईंलाई किन त्यस्तो लाग्यो भन्दा अनुहार देखी बोली, लुगा सबैले थाहा हुन्छ, र कहाबाट आएको भनेर सोध्यो। २००७ को शुरुतिरको कुरा पर्‍यो यो, जतिखेर माओवादीहरु सार्वजनिक भएको मुस्किलले एक बर्ष भएको थियो। अमेरिका भनिहाल्न पनि डर लाग्यो र हत्तपत्त मुखबाट अस्ट्रेलिया फुस्काइहालें। अनि सोध्छ फेरी, त्यहाको पैसा यहाँको कती हुन्छ भनेर। पर्‍यो फसाद, मलाई के थाहा अस्ट्रेलियन डलरको बिनिमय दर। ४५ मा साट्या जस्तो लाग्छ भनें। गन्तब्य पनि कसरी पुर्यायो थाहा छैन, घुमौरो बाटो लग्यो जस्तो लाग्छ। पैसा पनि गयो बेस्सरी। आफू ललितपुरबासी, काठमाडौंमा गैरहने ठाउँ भनेको पूर्वमा पुतलिसडकसम्म हो, उत्तरपूर्वी काठमाडौंको त केही प्रमुख सडक बाहेक आफू परिचित् छैन।              


अर्को घटना पनि २००७ कै हो। त्यति बेला तराइ बन्द तथा आयल निगमले पैसा तिर्न नसकेर पेट्रोलियम पदार्थको अभाव थियो। भद्रकालीमा तेल भर्न सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वर टुकुचा पुलसम्म समेत् लाइन लागेको देखेको थिएँ, र लाइनमा हुने भनेको प्राय: सेता मारुति ट्याक्सी नै हुन्थे। ट्याक्सी चलाएर कमाउनु पर्ने, लाइन बस्दै समय जान्थ्यो र त्यस्तो बेला भाडा बढी लिनु स्वाभाविक नै थियो। तापनि पोहोर साल आफू जाँदा वा यसपालीको ठुल्दाइको अनुभव, (जतिखेर पेट्रोल सहजै पाइन्थ्यो) जस्तो अचाक्ली नै भने तिर्नु पर्दैनथ्यो। जे होस् भाडा मोलतोल गरी ट्याक्सीमा बसियो। अब कुरो भाडाको होइन। अमेरिका बस्या बानी, गाडीमा बस्नासाथ सिट बेल्ट बाँधिहाल्ने। तान्न खोज्छु आउँदैन। गुरुजीले तानेर झिकिदिए, भित्र कता अड्किएर फोहोर पनि बेस्सरी भएको रहेछ, होस् भनेर नलगाइ बसें। गुरुजी भन्न थाले, दिनभरी गाडीमा बस्दा कपडा खुम्चिने भएर हामी त बेल्ट लाउँदैनौं रे। कहिले नसुनेको अनि नभोगेको कुरा। शाही कालमै हो क्यारे, चालक र अगाडि बस्ने यात्रुलाई बेल्ट बाँध्न अनिवार्य गरिएको तर राजतन्त्र निलम्बित भएपछि कसैले लाउनै छोडे। शायद लोकतन्त्रले दूर्घटना रोक्छ भन्ने सोचाइ हो कि। जे होस् सुरक्षित रुपमै आफ्नो गन्तब्यमा पुगें।                   

Read Full Discussion Thread for this article