ठुल्दाइ, बिद्याबारिधी गर्ने ३ बर्षले पुग्दैन भन्ने थाहा हुँदा हुँदै पनि अनि बाँकी बेतलबी माग्दा पनि नदिने। अजीवकै नियम छ हाम्रो देशमा पनि। महँगीको त झन् के कुरा, अझ त्यो पनि ट्याक्सी भाडाको। सकेसम्म त माईक्रोबुस, टेम्पो आदि नै चढ्थें तापनि बेलाबेलामा ट्याक्सी नै चढ्नु पर्ने अवस्था आउँथ्यो। ठुल्दाइले भन्नु भए जस्तै पांग्राकै गतिमा मिटर घुम्ने भए त हुन्थ्यो नि। त्यो जाम भैरहने बाटोमा बिस्तारै मात्रै पैसा चढ्थ्यो तर पांग्रा भन्दा दशौं वा अझ बीसौं गुणा मिटर छिटो घुमेर पो बितायो त। एक चोटि बिशालनगरबाट साँझको समयमा घर (सानेपा) फर्किनु पर्यो। ४०० (त्यसको ३ दिन अघि मात्रै लोकल भन्दा केही महँगो पर्ने पर्यटक बसमा ४०० नै तिरी पोखराबाट काठमाडौं आएको थिएँ) माग्दै थियो तर मैले मिटर चलाउन जोड गरें। राती ९ बजे पछी डेढी लाग्ने र जस्तै सिल तोड्या भए पनि ३५० जतिमा पुग्ने अनुमान थियो तर भाडा लाग्यो ३९०। यसो हर्न बजाए पनि पैसा चढेको छ, ब्रेक लगाए पनि, स्टेरिङ्ग अलिकति मोडे पनि। अर्थिङ गर्या, छुस हान्ने के के भन्दा रहेछन्। अझ हामी जस्तो बिदेश बसेर आएकाहरुलाई अनुहारले नै चिन्ने अनि ठग्ने रहेछन्।
खसीको मासुको भाउ ५०० थियो किलोको। अमेरिका बसेर किलोको ८-९०० बराबर पर्ने खसी खान आँट आउँदैन त्यहाँ कसरी खान सक्दा हुन्। अनि ७ पढ्दा १० पैसा टिफिन खर्च रे? के आउँथ्यो दाइ त्यसले? मैले चाँही दुई रुपैंयाबाट शुरु गरेको हो।
दीप पर्भोको पनि गजबको स्मृति गएछ।
(म पूर्बोत्तर अमेरीकाको एउटा शहरबाट अलि दक्षिण तिरको अर्को ठुलो शहर तर्फ उडदै थिएँ। )
बसाइ बस्टनतिर अनि न्यू योर्क हुँदै उडिएको जस्तो छ, कसो?
गौचर झर्ने अघिको केही क्षण भने सार्है नै रोमान्चक हुने। जब पहाडहरु देखिन थाल्छन् अनि बिमानले पनि उचाइ छोड्न थाल्छ, तब Cat Stevens को गीत Kathmandu I will soon be touching you I will soon be seeing you गुन्जिरहे जस्तो हुन्छ तर जब एअरपोर्ट टर्मिनल भित्र छिरिन्छ अनि अस्तब्यस्तता देखेर सबै जोश मर्छ।
रिट्ठे सरले पनि आफ्नो स्म्रिती कोरिदिए हुन्थ्यो, दीप पर्भोले पनि अर्को भाग थपिदिए हुन्थ्यो। ठुल्दाइबाट अर्को भागको प्रतीक्षामा रहेको कुरा त भन्नै नपर्ला। लामो प्रतिकृया गर्दिन भनेको थिएँ फेरी लामै भएछ