Posted by: Gajedi May 9, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
यो दोष माओबादीको हैन, दोष त हाम्रो हो सारा नेपाली जनताको | माओबादीलाई दोष लगाउन मिल्दैन, दोष त आखिर मान्छेकै हुन्छ, हिम्श्रक पशुहरुको हैन | माओबादीले जुन दिनदेखि पशाबिक् आचारण छोडेर, यो देशको निम्ति केहि गर्छ र नेपाली भनेको १ लाख माओबादी मात्र हैन, सारा २.९ करोड नेपाली हुन् भन्ने बुझ्छ तेस्पछि मात्रै माओबादीको दोष छ या छैन विचार गर्नु उपयोगी हुन्छ | 

बन्दुकको नालबाट राजनैतिक शक्ति मिल्छ भन्ने माओबादीको विचार परिबर्तन नहुन्जेल, म माओबादीलाई केहि कुराको दोष दिन्न | साथी, तर्क बितर्क त्यो सग गर्न सकिन्छ जस्को आखा, कान, र मुख खुलेको हुन्छ | नेपाल हामी सबैको आफ्नो घर हो र घर भित्र को झगडा बार्ता गरेर, सल्लाह गरेर मिलाउनु पर्छ, डर, धम्कि र त्रास देखाएर हैन | एसको अर्थ मैले अरु पार्टीलाई राम्रो भन्ने खोजेको पनि पक्कै हैन, अरु पार्टी पनि कुनै राम्रो छैन, तर २ वोटा नराम्रोमा छान्नु पर्दा जस्ले कम नोक्सान गर्छ त्यो छान्नु नै बेश हो | जब सम्म देशमा युवा सक्ति आगी बढ्दैन (फेरी मार्न, धम्क्याउन हैन नि ) तब सम्म केहि हुने वाला छैन | 

र, फेरी कुरा आयो हारेको मान्छे प्रधान मन्त्रि भाको, आखिर यो स्थितिमा कसले पुरायो | चुनाबमा हार्ने डरले, चुनाबनै नजिती समानुपातिकमा संशद हुने कुरा कसले लेर आयो ? आखिर सामषद हुन त चुनाब जित्नु पर्ने हैनर?  हो माओबादी बिग्रेकै येस्तै कारणले हो, नेपाल र नेपाली नसोची, जे गरे नि आफनै पार्टी र आफनै कार्यकर्ताको बारेमा मात्र सोच्ने प्रबिर्तीले बिग्रेको हो माओबादी | हिजो आफ्नो सरकार हुन्जेल देश भनेको माओबादी पार्टी र नेपाली भनेको माओबादी कार्यकर्ता जस्तो गर्थे | अनि रह्यो कुरा माओबादी सेनालाई नेपाल आर्मीमा मिसाउने, यो कुनै पनि हालतमा गर्नु हुन्न | किन चाहियो नेपालमा धेरै सेना, न हामी इंडियासग लड्न सक्छौ न चीनसग, बरु ति  लडाकुहरुलाई सिप सिकाउनु राम्रो, या त प्रहरीमा मिलाउनु राम्रो | हाम्रो देशमा सेना हैन, कानुन लगाउन सक्ने प्रहरी चाहिन्छ, भएको सेनालाई पनि आधा बनाए राम्रो, सेनाले केहि गर्ला कि भन्ने डर रहदैन |  

अन्त्यमा, यो कसैन कसैको त दोष पक्कै हो नि, हैन र? हो यो दोष, तिमि, म, र हामी जस्ता करोडौ नेपालीको | हामी कुरा गर्छौ तर देशको लागि भनेर काम गर्दैनौ |  हामी हरेक कुरा भारतलाई दोष दिन्छौं अनि भारतको बिरोध गरेर दाजु भाइ झगडा गर्छौ | आखिर सबै सचेत भएर देश बलियो बनाउने हो भने, कुनै पनि बाहिरी सक्तिले यो देशमा केहि बिगार्न सक्दैन | हामी हरेक एकजना सिछित नेपालीले ५-१० जना असिछित नेपालीलाई सिछ्या दिनु पर्छ | जब सबैमा चेतना आउछ, नेपाल विकास हुन कुनै समयनै लाग्दैन | स्वोर्गजस्तो सानो देश हाम्रो, बिहान उठेर सबैले बाटो खन्ने हो भने, सारा नेपाल छुने बाटो बेलुकीसम्म बन्छ | 

सबैले याद गर्नु पर्ने कुरा के हो भने "म र मेरो पार्टी भन्दा, नेपाल र नेपाली ठुलो हो" | 


Read Full Discussion Thread for this article