Posted by: timi_mero_sathi May 7, 2010
समाधान
Login in to Rate this Post:     0       ?        
पहिलो लेख मदनकृष्ण को
लौ पढौ अर्को
दुबै  लेख को श्रोत http://www.newsofnepal.com

देश र जनतालाई जेलमुक्त गरः हरिवंश



देश र जनतालाई  <br> जेलमुक्त गरः हरिवंश
अहिलेको राजनैतिक निकासका लागि माओवादीले देशको भौगोलिक अवस्था हेरेर
लोकतान्त्रिक बहुलबादमा रहेर उसको लिखित कमिटमेन्ट दिनुपर्छ।



लोकतन्त्रमा माओवादी, कांग्रेस, एमालेलगायत सबै पार्टी तपाईं हामी सबैको
सिद्धान्त अटाउँछ। अर्को कुरा सेना समायोजनमा माओवादी सेनामा पनि नेपालीकै
छोरा भएकाले उनीहरूलाई पनि नेपालको माया छ। त्यसैले उनीहरूलाई पनि धेरै
शंका नगरी एक-दुइ हजार नेपाली सेनामा, चार-पाँच हजार प्रहरीमा, दुइ-चार
हजार सशस्त्रमा र बाँकी रहेका माओवादी सेनालाई उनीहरूले चाहेको पेसामा यति
दिनभित्र संयोजन गर्ने भनेर २२ दलको लिखित प्रतिबद्धता आउनुपर्छ।
प्रधामन्त्रीले आफू निकासको बाधक बन्दिन भनिसक्नुभएको छ।



निर्धारित मितिमा संविधान नबन्ने भएपछि संविधानसभाको समय थप्न परिगो। छ
महिनाभित्र अनिवार्य बहुदलीय लोकतान्त्रिक संविधान निर्माण गर्ने भनेर
र्सवदलीय लिखित प्रतिबद्धता पनि आउनर्ुपर्छ। यति भइसकेपछि प्रधानमन्त्रीले
राजीनामा दिनर्ुपर्छ, माओवादीले आम हडताल फिर्ता लिनुपर्छ। गर्ने नै हो भने
यी सबै कुरा दुइ घण्टाभित्र हुनसक्छ। तर नेताहरूले मनमा राख्नुपर्ने छ कि म
मेरो सिद्धान्त, पार्टर्ीीपरिवारभन्दा ठूलो देश हो। देश र जनतालाई दुःख
दिन्न भन्ने महसुस गर्नुपर्छ। यति भयो भने समस्या समाधान र निकासा ठूलो
कुरा होइन। अहिले यी कुरामा गणितीय हिसाबमा नगई समस्या सहमतिका आधारमा
जानुपर्छ।



सरकार निर्माणका लागि भने संसदीय प्रक्रियाले अगाडि बढ्नुपर्छ।

निकासका लागि विभिन्न संघ-संस्थँबाट पहल र दबाबमूलक कार्यक्रम भइरहेको छ।
उद्योग वाणिज्य महासंघले फेरि पनि दबाबमूलक कार्यक्रम गर्दै छ। जसमा
हामीलाई पनि बोलाइएको छ। त्यहाँ हामीले राख्ने कुरा अथवा निकासका लागि
हाम्रो सूत्र यही हुनेछ। यतिखेर सबै दलले देश, जनता, जनताको आस्था, विचार,
रोजगार सबै कुरालाई बन्दी बनाइरहेका छन्। यसबाट जेलमुक्त हुनका लागि सबै
दललाई नेपाल आमाको कसम खुवाएर सामूहिक दबाब दिनुपर्छ।




Read Full Discussion Thread for this article