Posted by: chipledhunga May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

बसमा चढौंला
पोखरामा चढेर बट्यौलीमा झरौंला
तिनाउँ खोला संगै तरौंला


हाम्रो नेपालका बाटाँ पनि बस टडक ट्याउसी आदि गूड्ने खुशीयालीका साथै क्रेजीको इस्टाइलमा नयाँ बर्षको शुभकामना सहितको शुक्रबारे जदौ।


रिट्ठे सर, चौतारी कस्तो गरी बनाएको? यस्तो समुद्र छेउको छाप्राँ त औतरीहरु के गफ गर्थे र? किनारमा आउनेहरूलाई टोलाएर हेर्दा हुन् नि।
ठुल्दाइ, साँच्ची नै झन्डै हतारमा कतारको प्लेनमा छिर्नु भएको हो? अनि पर्यटक बस चढ्न हिंड्न परेको थकाई मार्नु गार्हो भएको छ कि जेट ल्याग मार्न? नेपाल ब्राह्मण (अर्थात् भ्रमण) को प्रश्नावली पनि छिट्टै आउँदैछ है। टन्न काजुभात खाएर अनि एउटा चिलिम तानेर स्ट्यान्डबाइ बस्नु होला। रिट्ठेले जवाफ नदिएरै टार्यो।
बिष्टे, तिमी मध्यपश्चिमतिर होइन त काजमा?
रामे, के हो खुशीको खबर? त्यही मुग्लिङको पुल छेक्न छोड्यौ भनेको कि अरु केही छ? अरु त्यस्तै हो, बरु यसो हस्तिनपुरबाट त्यता पार्टीमा आउने टिकसको जोहो गरिदिए आफू पनि आउनुहुन्थ्यो। केही ल्याउनुपर्दैन भनेर हप्ता दिनसम्म नबिक्या मुग्लिङ्को बासी भात चाँही नखुवाउ नि फेरी, हड्ताल फिर्ता भए पनि बजारमा औषधीको स्टक सिद्धिएको हुनसक्छ।
बैरे चाँही बोर हानेर कता लाग्या हो?                   


 

Read Full Discussion Thread for this article