Posted by: Geology Tiger May 6, 2010
त्यो प्रचन्डे भनेको को हो?
Login in to Rate this Post:     4       ?         Liked by

अति गर्नु अतिसार नगर्नु भन्छन्। तर यसले चाँही अतिसारनै गर्‍यो। थुइक्क हत्यारा रुन्चे!आज यो रुन्चेले आफू प्रधानमन्त्रीको कुर्सीमा बस्नको लागि सारा नेपाली जनताहरुको जीवन रुनु न हाँस्नु बनायो। हैन यो को हो भन्या? यसलाई प्रधानमन्त्री बनाउनकै लागि सारा जनताले किन यस्तो सास्ती सहनु पर्ने? यसलाई प्रधानमन्त्री बनाउनकै लागि विद्यार्थीहरुले आफ्नो परिक्षा दिन नपाउने? किसानहरुले खेती गर्न नपाउने? अरु आम नेपालीले आ-आफ्नो रोजीरोटिको मेलो गर्न नपाउने? को हो यो? पन्ध्र हजार नेपालीको ज्यान लिने ज्यानमारा समूहको नाइके! यस्तो न्यायलयको कठघरामा उभ्याउनु पर्ने एउटा कैदीको पछी पछी किन लाग्छौ ए भेडा नेपाली जनताहरु? तिमीहरुको काम छैन भने अरु काम गर्नेहरुलाई त काम गर्न देउ। तिमी रमितेहरु जस्तै अरु सबै नेपालीलाई बसी बसी, रमिता हेरी हेरी खान पुग्दैन। अनि माओवादीले देखाएको ठुला ठुला सपना देखेर, माओवादी नेताहरुले दिमागमा भरेको भुसको तालमा लागेर के के न ठूलो जनक्रान्ती गर्छौ भनेर दुनियाँलाई धम्क्याउँदै हिंडेका ए लठैतहरु हो! यी पाखन्डीहरुले केही गर्नेवाला छैनन्, यिनीलाई त केवल प्रधानमन्त्री बन्नु परेको छ। जनताको लागि केही गर्न खोजेको भए त समय रहुन्जेल विभिन्न बहानामा संबिधानसभा बन्द किन गराउँथे? अनी अहिले पनि केवल आफू प्रधानमन्त्री बन्नको लागि यती धेरै मान्छेलाई किन दु:ख दिन्थे? केही गरी यिनी प्रधानमन्त्री भए भने देखौला, तिमीहरु लठैतको लठैत रहनेछौ, कुन ठाउँमा तिमीहरुको कस्तो दुर्दशा हुन्छ तिमीहरुलाई कहिले थाहा हुन्न। तर यिनका छोरा बुहारी चाँही फेरी पनि सेक्रेटेरी र अरु पनि के के हुनेछन् के के! संबिधान चाँही ज्यान गए पनि बन्ने छैन। यी हत्याराहरुको लागि उनीहरुको पछी लाग्ने भेडाहरु मात्र नेपाली जनता हुन्, जसले उनीहरुले भनेको मान्दैन, उनिहरु सबै प्रतिकृयाबादी! एउटा किसानले खेती गर्न खोजे उ प्रतिकृयाबादी! एउटा विद्यार्थीले पढ्न खोजे उ प्रतिकृयाबादी! एउटा बिरामीले अस्पातल जान खोजे उ प्रतिकृयाबादी! के देशमा नागरिक अधिकार भन्ने कुरा केही छैन? के सारा जनता यसले बस् भने बस, उठ् भने उठ गर्नु पर्ने नोकर हौ? यदी यस्तै हो भने हामी सबै प्रतिकृयाबादी बन्न जरुरी छ, यो भेडातन्त्रबाट मुक्त हुन जरुरी छ। त्यसैले ए भेडा जनता हो! यो हत्यारालाई बोक्न छोड! भेडा बन्न छोड! अहिले त यी हत्याराको समुह ओहो हाम्रो समर्थनमा कति धेरै भेडा आए भनेर दङ परेको छ, तर यी हत्याराहरुले आफ्नो स्वार्थ पुरा भए पछि वा नभए पछि जुनसुकै समयमा जुनसुकै भेडा माथि पनि आक्रमण गर्नसक्छ भन्ने कुरा त देखिसक्यौ नि!


 

Read Full Discussion Thread for this article