Posted by: Tapariwan May 6, 2010
गाई काट्दा ........................
Login in to Rate this Post:     0       ?        


.

http://www.nayapatrika.net/newsportal/countryside/13296.html

स्याङ्जा/ वालिङ नगरपालिका-११
जामुनेमा गाई काट्दै गरेका ११ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको
छ । पक्राउ पर्नेमा ६ महिला, दुई पुरुष र तीन बालक छन् ।



स्याङ्जा
थुमपोखरा-९ कोखेका ३८ वर्षीय गोपाल, १३ वर्षका अशोक, १२ वर्षका सूर्य, २८
वर्षकी सरिता, ३० वर्षकी नरमाया, ३१ वर्षकी फूलमाया, ६० वर्षकी डल्ली, ५८
वर्षकी हरिमाया, १४ वर्षका अर्जुन, वालिङ नगरपालिका-११ का ४६ वर्षीय
मेघबहादुर र उनकी श्रीमती ३५ वर्षीया जैसरा सार्कीलाई पक्राउ गरिएको
प्रहरीले जनाएको छ ।



स्थानीयवासीबाट
गाई काट्दै गरेको खबर पाएपछि घटनास्थल पुगेर पक्राउ गरिएको वडा प्रहरी
कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । वालिङ
नगरपालिका-११ का स्थानीय शिव थापामगरको घरबाट पाल्न लगेको गाई उनीहरूले
बाटोमै काटेका थिए ।




Read Full Discussion Thread for this article