Posted by: Narayangarh suburb May 6, 2010
नेपालीहरुको आन्दोलन मोह
Login in to Rate this Post:     1       ?         Liked by
नेपालीहरुको आन्दोलन मोह

मलाई राजनीति आउँदैन। यदी कुनै झन्डाको खम्बा समाउनु र तेसैको तालमा फहराउने नै राजनीति हो भने, मैले राजनीति नबुझेकै राम्रो। देशको सम्रचना लाई बुझेर देस हाक्ने निती तर्जुमा गर्ने हो भने चै मलाई राजनीतिमा जिज्ञासा भने छ। मैले धेरै पटक एकै प्रश्न झेलेको छु " तिमी कुन पार्टी को?"। थोरै मान्छेले मात्र विश्वाश गरेको जस्तो देखाय म पार्टीबिहीन भएको सत्यताको। धेरै को भनाइ एउटै छ कुनै न कुनै छानो त चहियो नि। अचम्म लाग्छ कुनै पार्टीमा नलाग्दैमा म राष्ट्रप्रेमी भइन।

बिदेसमै भएपनी म हरेकदिन नेपालको घटनाक्रम नियाल्दै छु। आन्दोलनका पक्ष बिपक्ष सबैतिरको गतिबिधी मुल्याङ्कन गर्दै छु। विश्वाश गर्नुस् नगरनुस् म चिन्तित छु। नेपालको राजनीति जसरी अगाडि बढी राखेको छ मलाई लागदैन हामी कुनै स्वर्निम युग तर्फ उन्मुख छौ। हामी कलह गरी रहेकै थियौ, भिडन्त पनि गरेउ र फेरी भिडन्त तर्फ नै लाग्दै छौ। धेरै तितो लाग्न सक्ला तर सत्य के हो भने हामी नेपाली हरुमा मानब समबेदना को निकै अभाव छ। बन्द गरेर होस्, तोड्-फोड गरेर होस् हाम्रो आन्दोलन अरुलाई दु:ख दिने, सास्ती दिनेमै केन्द्रित हुन्छ। न नेता भनेका नाइके हरुले एक्-अर्कलाई सम्म्मान गर्न जानेक छन न कार्यकर्ता भनाउदा लठेत हरु सद्भभाब राख्न सक्छन। अर्को पार्टीको मान्छे माथि एसरी खनिन्छन कि लाग्छ उस्को जन्म नै अर्को लाई सकाउन को लागी भाको हो। "नया पार्टी" को त के कुर गर्नु र। उ त जन्मिदै खुडा र बन्दुक बोकेर जन्मेको "महान" पार्टी।
सबै पक्षलाई हेर्ने हो भने हाम्रो देसेको समस्याको जड् भनेकै नेपाली हरुको आन्दोलन प्रतिको मोह हो। अधिकान्स सँग काम छैन। सकी-नसकी भये पनि बौ-आमाले क्याम्पस सम्म झोल बोक्न पुग्ने गरी पैसा देएकै छन। झोल भित्र किताब चकी कुनै पार्टीको घोषणा पत्र केही सोध-खोज गर्दैनन। खाएको पचाउनै भएपनी त केही गर्नु पर्‍यो। सर्बोत्तम उपाय राजनीति। थोरैलाई नाम र दाम मिल्ने। केहीलाई खाजा-साजा मिल्ने। धेरैलाई अर्काको खप्पर फुटाउने अबसर। नियालेर हेर्नुस् त। हाम्रा क्याम्पस हरुमा  केटी जिस्काएको कुरा देखी लिएर जाच म फैल भएको कुरा सम्मले राजनीतिक समर्थन पाउछन। अहिले न स्कुल न कलेज म विद्यार्थी हरुले शिक्षक को मर्यादा नै गर्दैन। आफ्नो कम्जोरीलाई लुकाउन भएपनी एउटा न एउटा झन्डा समाउने चलन छ। सबैले एन-कानुन को पालन गर्ने हो भने टाउको फुटाउन पो किन पर्‍यो र?  तर हैन नेपाली लाई आन्दोलन को बानी पारी सक्यो। यो रोग निको हुनेवाला छैन। ०४६ साल मा पनि यस्तै मान्छे हरु थिए। म ९ बर्षको बालक पनी होमिएको थिए तर पारिवारिक कारणले। ०६३ साल सम्म अैपुग्द मैले राज्निती नबुझे पनि नेपालका पार्टी हरुलाई चिनी सकेको थिए। म सस्तो ब्रोइलेर खाएर घरमै बसे तर एक्दिन पनि गैन आन्दोलनमा। मैले न ज्ञानेन्द्र लाई समर्थन गरे न प्रचन्डका हिमाएती हरुलाई। तर म जस्तै माओवादी को सास्ती अब अरुले भोग्न नपरोस, ३-४ घण्टामै काठमाडौं पुग्न पाइयोस भनेर सान्तिको कामना चै गरी रहे।
मैले बिरोध गर्नुले कुनै अर्थ राख्दैन। ट्रकमा चढाएर भएनी, धम्काएर भय नि, आन्दोलन को मोहले भये नि यो आन्दोलनमा एतिहासिक भिड थुप्रिदै छ। राजधानीमा रोज्गारी गर्न आएका र बन्दले बेरोजगार भएका, गाउ-गाउ बाट सुन्धारा र नयाँ भनेका नौ-तले भवन हेर्न पाउने आस्मा आउने नेपालीहरुले आन्दोलन हरुलाई जहिले पनि "पेट्रोल" प्रदान गरी रहने छन। यो उनीहरुको बाध्यता हो। माओवादी ले गर्ने आन्दोलन सधैं सफल हुने छ। किनकी नेपाली जनतमा आन्दोलन मोह छ, माओवादीलाई अन्मिन र मनब्-अधिकार बादी हरुको छहारी छ र गाउ गाउमा माओवादीको बन्दुक छ। " जब सम्म हामी आन्दोलन मोह त्याग गर्दैन र जुनै कारण भय पनि हिङ्सा र हद्ताल्को बिरोध गर्दैनौ तब सम्म नेपाल देसलाई पसुपती नाथले मात्र कल्यान गर्न सक्लान अरु कसैले गर्न सक्दैन"
Read Full Discussion Thread for this article