Posted by: chipledhunga May 4, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बिपना नभै हाँसिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना


गन्नु भाषा सिकिएन, साबिक तालमै जदौ ठोक्ने र लेख्ने गरें है मैले त।
बिश्वस्त सूत्रबाट प्राप्त समाचार अनुसार निकै बेरको खोजी पश्चात पाएको ठेलगाडामा रु २००० भाडा तिरी ठुल्दाइ एअरपोर्ट पुग्नु भयो रे। तीनकुने र एअरपोर्ट गेट बीचको बाटोमा निक्कै बेर अड्किनु पर्यो रे माओवादीको चक्रपथ घेराउले गर्दा। अझ ट्रक चढेका नेता देख्दा त कम्ती रिस उठेन रे। जे होस् मुस्किलले आफ्नो उडान भ्याउनु भयो रे अनि एक बट्टा सूर्य त ठेलगाडा यात्रामै सकियो रे।


रामे पनि हड्तालमा उत्रिएको हो कि कसो? थुतुने किताबमा त मुग्लिङको पुलै छेकेर उभिएको छ गाँठे। अस्ति सम्म त अर्कै फोटो थियो।  


रिट्ठे, बिस्टे, क्रेजी परमात्मा अनि "खार घिचेर" डकार्ने बाउचालाई तारेमाम। 

Read Full Discussion Thread for this article