Posted by: timer May 1, 2010
Khoi Nepal kai itihas ma sabbhanda bhachha Kantipur
Login in to Rate this Post:     0       ?        

प्रदर्शन शान्त भएकामा सुरक्षाकर्मी दंग


  • करिब डेढ लाख सहभागी भएको सुरक्षा निकायको अनुमान



केदार ओझा









वैशाख १९ - माओवादीले शनिबार 'मे दिवस' का अवसरमा गरेको आमसभामा करिब डेढ
लाख सहभागी भएको निष्कर्ष निकाल्दै सुरक्षा निकायहरूले एउटा दलको सम्भवतः
अहिलेसम्मकै ठूलो सभा भएको जनाएका छन् ।


गृह मन्त्रालय मातहतको तीन सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी
बल र राष्ट्रिय अनुसन्धान विभागले अनौपचारिक रूपमा गरेको सर्वेक्षणमा उक्त
संख्या अनुमान गरिएको हो ।


अनौपचारिक गणनामा १ लाख ४१ हजार देखिए पनि तीन सुरक्षा निकायले आआफ्नो
केन्द्रमा कसैले १ लाख ४० हजार र कसैले डेढ लाखको हाराहारीमा सहभागी भएको
रिपोर्ट गरेका छन् ।


कोटेश्वर, कंलकी र बालाजु तीनस्थानबाट टुँडिखेलतर्फ गएको जुलुस सबैभन्दा
ठूलो देखिएको थियो । एउटा पार्टीको आह्वानको आमसभामा यति ठूलो जनसख्ंया
राजधानीमा भेला भएको सम्भवतः पहिलो भएको सुरक्षा अधिकारीहरू बताउँछन् ।  


उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानबाट जुलुसका लागि मानिसहरू भेला
हुँदै गर्दा र सभास्थलमा जम्मा भएका सहभागीले ओगटेको स्थानको आधारमा उक्त
संख्या अनुमान गरिएको हो । माओवादीका उच्चस्तरका नेताहरूले नेतृत्व गरेको
जुलुस टुँडिखेलमा पुग्नुअगावै खुलामञ्चको झन्डै दुई तिहाइ क्षेत्र भरिएको
थियो । तीनै जिल्लाको जुलुस टँुडिखेल पुग्दा पूर्वमा घन्टाघरदेखि
राष्ट्रिय सभागृह र पश्चिममा दरबारमार्ग स्कुलदेखि सैनिक अस्पतालसम्म
भरिएको थियो । आमसभास्थल टँुडिखेलभित्र, रत्नपार्क, शान्तिबाटिका र
खुलामञ्चको पूर्वपश्चिम क्षेत्रका सडकहरू सभा समाप्त नहुन्जेलसम्म खचाखचै
देखिन्थ्यो । आमसभाका सयौं सहभागी भृकुटीमण्डपस्थित खुलाचौरमा समेत बस्न
पुगेका थिए । सभा सुरु भएको झन्डै एक घन्टापछि रत्नपार्कभित्र केही समय
भागाभाग भएको थियो । माओवादी कार्यकर्ताले रत्नपार्क मूलगेट बाहिर माइकबाट
'कहीं, केही भएको छैन, नभाग्नुहोस्' भनेर दस मिनेटभन्दा बढी समयसम्म सूचित
गरेपछि स्थिति रोकिएको थियो ।   


जनप्रदर्शन शान्त भएकामा उपत्यकाको सुरक्षा हेर्ने सबै अधिकृतहरू दंग परे
। 'र्‍याली र सभा यति शान्त र व्यवस्थित होला भन्ने कल्पनै गरेका थिएनौं,'
महानगरीय आयुक्त कार्यालयका एक अधिकृतले भने । आमसभामा आएका जनसंख्याका
आधारमा उपत्यकामा तैनाथ गरिएको सुरक्षाकर्मी अत्यन्तै कम रहेका गुनासो एक
अधिकृतको छ ।


स्रोतका अनुसार शनिबार सशस्त्र प्रहरीतर्फ दुई हजार आठ सय र नेपाल
प्रहरीतर्फ करिब सात हजार सुरक्षाकर्मी परिचालित गरिएको थियो । विशेष
परिस्थितिमा दुवै निकायले थप मद्दतका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी
निकाल्न सक्ने अवस्था छैन । गृह मन्त्रालयबाट पर्याप्त रकम निकासा नभएका
कारण खटिएका सुरक्षाकर्मीले पुग्दो खाजा र पानी नपाएको गुनासो साँझ छ
बजेसम्म गरिरहेका थिए । सुरक्षाकर्मीलाई प्रतिव्यक्ति सय रुपैयाँ दिने
भनिए पनि सबैले नपाएको गुनासो थियो ।


तीनै जिल्लाको १८ स्थानबाट व्यवस्थित रूपमा जुलुस टुँडिखेल भित्रिएपछि
उपत्यकामा परिचालित सबै सुरक्षाकर्मी खटिएकै स्थानमा निष्पिmक्री आराम
गरिरहेका देखिन्थे । कार्यालयमा बसेका धेरै उच्च अधिकारीहरू जनप्रदर्शन
शान्त हुने देखिएपछि टेलिभिजनमा आमसभाको 'लाइभ' हेरिरहेका थिए भने केही
कम्युटरमा गेम खेलिरहेका देखिन्थे ।    


जनप्रदर्शनका क्रममा हुनसक्ने अशान्तिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयमा
उच्चस्तरीय कमान्ड पोस्ट खडा गरिएको थियो । मन्त्रालयमा खडा गरिएको
पोस्टमा गृहसचिव डा. गोविन्द कुसुम, नेपाल प्रहरीका प्रमुख रमेश चन्द,
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट लगायत सहभागी थिए ।
त्यस्तै क्षेत्रीय र जिल्ला सुरक्षा निकायका प्रमुखहरू र काठमाडांैका
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल रत्नपार्कस्थित महानगरीय
आयुक्तको कार्यालयमा दिनभर बसेका थिए ।

Last edited: 01-May-10 07:05 PM
Read Full Discussion Thread for this article