Posted by: jneutron April 30, 2010
सावधान - Children are abusing the internet
Login in to Rate this Post:     0       ?        
दुरुपयोगका केही घटना

काठमाडौंका किशोर-किशोरीका नामबाट
अमेरिकाका विभिन्न व्यक्तिको ठेगानामा एकै किसिमको इमेल गयो । त्यसमा
लेखिएको थियो- हामी १५/१६ वर्षा किशोर-किशोरीको एउटा समूह छ ।
अंकल/आन्टीहरु नेपाल घुम्न आउँदा गिफ्ट -कपडा, चकलेट) लिएर आउनु, हामी
यौनसर्म्पर्कका लागि तयार छौं ।’

यो कुरा अमेरिकी सुरक्षा निकायसम्म
पुग्यो । यो इमेल नेपालको एउटा निजी इन्टरनेट सेवाप्रदायकमार्फ गएको पत्ता
लागेपछि छानबिनका लागि उसलाई पत्र लेखियो र इमेल गर्ने घर पत्ता लगाइयो ।
त्यहाँ १४/१५ वर्षा एक किशोर बस्ने थाहा भएपछि प्रहरीले केही समय निगरानीमा
राख्यो । घरमा किशोर एक्लै बस्ने र बाबुआमा उपत्यकाबाहिर बस्ने गरेकाले
किशोरले घरबाटै त्यस्तो इमेल गरेको कुरा स्वीकार गर्‍यो । छानबिन गर्दै
जाँदा किशोरमा मनोवैज्ञानिक समस्यासमेत भएको पाइयो ।

एसएलसी जाँच
दिएर कम्प्युटर सिक्न गएकी एक किशोरी त्यहाँ पुगेपछि च्याट गर्न सिकेर लतमा
फसी । ओपन च्याट रुममा नचिनेको मानिससँग च्याट गर्दागर्दै एउटा अपरिचित
केटाले आफ्ना दुःखका कुरा गर्दै सहानभूति लिन थाल्यो । केटाले फोटो पठाएर
भेट्न आग्रह गर्‍यो । साथै उसले म फोटोमा जस्तोचाहिँ राम्रो छैन भनेर भेट्न
बोलायो । रिङरोडको एउटा पार्कमा भेट्न जाँदा भनेकै ठाउँमा बूढो मानिस
उभिएको थियो । लुकेर केटीले फोन गर्दा बूढो मानिसले फोन उठाएपछि केटी नभेटी
टाप कसी । उसले केटीलाई अर्कै कम उमेरको केटाको फोटो पठाएको रहेछ ।

अर्को
एक अधबैंसेले १७ वर्षो केटा बनेर प्लस टु पढ्ने केटीसँग च्याटिङ गर्न
थाल्यो । केटीले थाहा पाएपछि सर्म्पर्क गर्न छोडी । अधबैंसेले बदलास्वरुप
किशोरीसँग भएका आन्तरिक कुराहरु शिक्षकहरुलाई इमेल/एसएमएसमार्फ पठाइदिँदा
किशोरीको पढाइ र पारिवारिक जीवन नै धरापमा पर्‍यो । र्

भर्खर एसएलसी
दिएको १५ वर्षो किशोर कम्प्युटर सिक्ने बहानामा २४ वर्षी युवतीसँग नचिनीकन
च्याटिङ गर्न थाल्यो । च्याटिङकै क्रममा उनीहरुले एक-अर्कालाई भेटे ।
त्यसको केही समयपछि नै उनीहरु गर्भपतन गराउन अस्पताल पुगे ।

काठमाडौंकै
एउटा नाम चलेको बोर्डिङ स्कुलका एक कम्प्युटर शिक्षकले १३ वर्षो
विद्यार्थीलाई यौनसम्बन्धी साइट उपलब्ध गराए । किशोरले पछि त्यो साइट खोलेर
हर्ेदा यौनसम्बन्धी गतिविधि देखेपछि ऊ मानसिक रुपमा विचलित भयो र उसलाई
काउन्सिलिङ नै गर्नुपर्ने अवस्था आयो ।

कम्प्युटर सिक्ने इन्टरनेटमा
अध्ययन गर्न साइबर क्याफेहरुमा जाने धेरै केटाकेटीहरु अहिले यस्तै गलत
गतिविधिहरुमा पनि लाग्ने गरेको पाइएको छ । चाहेर वा नचाहेर उनीहरु गलत
बाटोतिर लाग्दै छन् तर यसतर्फबाबुआमाहरु त्यति सचेत भएको पाइँदैन ।
Read Full Discussion Thread for this article