Posted by: timer April 30, 2010
Oli Ji le ghar chhadera Banbas
Login in to Rate this Post:     0       ?        



ओलीले घर छाडे

कान्तिपुर संवाददाता

वैशाख १७ - एमाले नेता तथा पूर्व गृहमन्त्री केपी ओलीले माओवादीको आम

हड्तालका कारण हुन सक्ने यातायात अबरोधबाट उत्पन्न हुन सक्ने अप्ठ्यारोलाई
ध्यान दिंदै घर छाडेका छन् ।


त्यसमा उनको व्यक्तिगत सुरक्षाको कारणसमेत देखाइएको छ । माओवादीका कडा
अलोचक तथा सरकारको महत्वपूर्ण समर्थककको रुपमा रहेका ओली पुल्चोकस्थित
मन्त्री निवासमा बस्ने स्रोतले जनाएको छ ।


'उहाँ सुरक्षा संवेदनशीलता तथा संभावित यातायात अवरोधका कारण मन्त्री
निवासमा बस्नुभएको हो' ओली निकट स्रोतले भन्यो, 'साथै सुरक्षास्थितिको
विश्लेषण र परिचालनमा पनि उहाँले मन्त्रीहरुलाई सहयोग गर्नु हुनेछ ।'


ओली माओवादीका सबैभन्दा कडा आलोचक मध्ये पर्दछन् । उनले माओवादीले सत्ता
कब्जाको तयारी गरेको भन्दै अलोचना गर्दै आएका छन् । यसै सन्दर्भमा कुरा
गर्न उनी बुधबार साँझ दिल्ली गएर शुक्रबार बिहान फर्केका हुन् ।


बुधबार नै रक्षामन्त्री भण्डारीलाई सेनापति छत्रमानसिं गुरुङलाई बोलाउन लगाई सुरक्षा बि्रफिङ लिएका थिए ।
Last edited: 30-Apr-10 01:53 PM
Read Full Discussion Thread for this article