Posted by: santoshgiri April 30, 2010
जय होश मेरो अटोमेटिक देश !
Login in to Rate this Post:     2       ?         Liked by
जय होश मेरो अटोमेटिक
देश !

बम बनाउने बनाउदै छन् !
तरकारी बेच्ने बेच्दै छन् !
चटपटे बिकेकै छ !

जागिरे जागिर खादै छन् !
आरोहिहरु किर्तिमान कायम गर्दै नै छन् !
सेना
माओबादी हाइ अलर्ट मा छन् !
गिट्टी बोक्ने बोक्दै नै छन् !
भकुण्डो खेल्ने
खेली रहेकै छन् !
भिख माग्नेहरु चन्दा माग्दै नै छन् !
६ घण्टा को बिजुलीले
धानेकै छ !
जिग्मे नि नेपाली हुन् रे !

जय होश मेरो अटोमेटिक देश !

बजेट घोषणा गर्न नि तयार नै छन् !
सरकार फेरे
संबिधान दिने नि भन्छन !
प्रचंडे आए ज्यान गए राजिनामा नि नदिने रे !

विकल्प ल्याए सरकार नि छोड्ने रे !
सेना तैनाथ गर्ने निर्णय नि भएकै हो !

फेरी सेना परिचालन गरे चुप नलाग्ने रे!
शान्तिपूर्ण हुन्छ रे जुलुश !

विस्फोटक सामग्री नि बरामद भएकै छ !
पारस नि बोलाए आउने रे !
जनता बाल मतलब
रे !
जय होश मेरो अटोमेटिक देश !
Read Full Discussion Thread for this article