Posted by: Himalaya178 April 29, 2010
दाहालको अनुरोध गृह मन्त्रीद्वारा अस्वीकार
Login in to Rate this Post:     0       ?        
काठमाडौं, वैशाख १६ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन वटै सुरक्षा निकायका प्रमुखद्वारा आफूलाई ब्रिफिङ गराउन गरेको आग्रह गृह मन्त्री भीम रावलले अस्वीकार गरेका छन् । दाहालले पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत् यस्तो प्रस्ताव गरेका थिए । रावलले बरु आफैं दाहाललाई ब्रिफिङ गर्न तयार रहेको तर सुरक्षा प्रमुखहरुलाई भने भेट्न नदिने बताएको स्रोतले जनाएको छ । 

यसअघि माओवादीले शनिबार गर्न लागेको जनप्रदर्शनलाई सरकारले दमन गरी हिँसात्मक बनाउन लागेको आरोप लगाउँदै आएको थियो । यसैगरी रक्षा मन्त्री विद्या भण्डारी र सरकारका प्रवक्ता शंकर पोखरेलले  माओवादीले सत्ता कब्जा गर्न खोजे सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् ।
Read Full Discussion Thread for this article