Posted by: sajhabusaima April 28, 2010
Are you going back to Nepal after the completion of your study?
Login in to Rate this Post:     1       ?         Liked by
साथिहो हरेक मानिसको आफ्नो धारणा हुन्छ र हरेकले जिन्दगि हेर्ने तरिका फरक छ। म याँहा सम्म आइपुग्नमा जति मेरा बाबु आमाको हात छ, त्यतिनै नभनेपनि केहि हदसम्म म जन्मेको हुर्केको समाज, मेरा साथि भाइ अनि शिक्षक र शुभ चिन्तकहरुको पनि हात छ। होला म जस्तो एउटा मानिसले देश परिबर्तन गर्न सक्दिन तर म सँग भएका बिश्वास, भावना र प्रेमले  समाज परिबर्तन गर्न सक्दैन भन्नेकुरा मा मलाइ पत्यार छैन , तपाइहरुनै हेर्नुन  म सँग सोच छन, सिप छन, अनि जाँगर छन, त्यो भन्दा पनि  मेरो समाज र समाजमा बस्ने प्रति माया, प्रेम र सदभाव छ। साथहो के म याँहा बसेर मेरा नेपाल मा वसेका आमा बुवालाई सधै खुसि दिनसक्छु त , अरुले भन्नलान सकिन्च तर म सक्दिन। मेरो बुवा आमाको पनि अरु जस्तै नेपालि, होला सोच्ने सोच केहि हदमा फरकहोला नत्र त उहाँहरुको पनि चाहना छोरा  बिदेशमै बसोस धेरै पैसा लिएर आओस, ठुलो घर बनाओस, भनेको बुहारि बिबाह गरोस र सबैलाई खुसि दियोस तर के उहाँहरुले यसो भनिरहदा उहाँहरुको मुटु खुसिहोला वा आत्माले शान्ति दिएको होला त उहाँहरुलाई ? म भन्छु  यो त एउटा सामाजिक बाध्याता हो, आत्माले भक्कानो हानिरहदा पनि प्राण भन्दा प्यारो चिज सन्तानले दुख नपाओस भन्नेहो हुन पनि कुन बुबा आमा ले आफ्नो छोरा लाई सधैका लागि बिदेसनै बस भन्न सक्छन।

 अशिक्षा, अन्धबिस्वास र गरिबिले रुमलिएको हाम्रो गाँउ समाजमा शैक्षिक, आर्थिक र समाजिक क्रान्तिको आवस्यक छ। भोलि  हुतियाराको  (बनाना रिप्बलिक)जमात को रुपमा  कहलिनेछौ अहिले अरुले गर्ने आसामा पछि हट्ने हो भने, गोर्खालि भनेर कलाएको देशमा अहिले सच्चा गोर्खालि खोज्न बिर्टिस आर्मि, सिङ्गापुर वा भारतिय आर्मिमा जानु पर्ने बेला आइसकेको छ। शिक्षा दिने स्कुल  मागि खाने भाँडो र राजनैतिक भर्ति केन्द्र बनेको छ।हस्पिटल त राजनिति गर्ने पल्याटफ्रम अनि तपाईहाम्रा  गरिब , असाहाय, बुढा बुढि, सुकुम्वासि, पिछडियएका जात भोट बैंक बनेका छ साथिहो भन्नेनै हो भने  समाजमा पिछडिएका, गरिब असाहाय सम्म पुग्ने हाम्रा ट्रयाकहरु लगभग प्यारालाइसिस भएको बिरामि जस्तो भैसकेको छ। सरकारि स्कुलहरु मालफ्कसन भएको युसपि एडाप्टर जस्तो जिउँदो लास बनेर ऊभिएकोछ। अब सरकारि स्कुल तपाई हाम्रा दाजु दिदि भाइबहिनिले होइनन भारतिय बिस्तारबाद लादिएका मेरा भारत माहान भन्ने जमातले सरकारि स्कुल चलाउने ठेक्का पाएका छन।

हुन सक्ला म एकले यिसबैलाई परिबर्तन गर्न नसकुला अरुकेहि गर्न सकिन भने पनि हप्ताको एक दिन गाँउको सरकारि स्कुल मा भोलिएन्टर भएर यस्ता दलालहरुमाथि खवरदारि गर्न सकनेछु  अनि उपचार बिना मरेका लाखौं सुकुम्वासि, गरिब, असाहाय अपाङगलाई बाँच्ने साहारा दिन माहिना मा एक दिन स्वास्थ कार्यक्रता भएर समाजको सेवा गर्ने  सक्नेछु, बुढेसकाल मा अन्तिम शासमा पानि मागिरहेका बुढा बुढिलाई एउटा आफ्नोपन दिने प्रयास गर्ने छु। हुन पनि त म पनि तपाई जस्तै स्वार्थि मान्छे र म सँग पनि   सयौ सपनाछन जसलाई बर्तमानमा न ढाल्ने हो भने मेरा खुटाहरुमा साङ्लेलाले बाँधिनेछन र माउतेको इसारमा गलतबाटो हिडन बाध्य हुनेछु सायद यस्तै कारण बाटहोला मेरा मन हरु त्यसै त्यसै जुरमुरियका छन। त्यो भन्दा पनि म कर्तब्यमा बिश्वास गर्छु , बर्तमान मा हँस्न खोज्छु, तर के गर्ने  डोकोमा दुध दोएर मेरा सपनारुपि रेडियोहरुले स्टेसन टिप्न त्यति सजोलो होला भन्ने कुरा मा शंका ब्यक्त गर्दछु।त्यसमाथि पनि साथिहो  भगवान रामले त सितालाई अन्तिम घडिमा छोडनु पर्यो भने म जस्तो एउटा मानवले सोचेका सबै गर्न त नसकियला तर निरन्तर प्रर्यास र आत्मबिश्वासले हरेस खान दिने छैन, अन्तिम घडिसम्म प्रयास रहनेछ गनत्बय सम्मका खातिर। बाढि आएको खोलाले बगाउछ रे भनेको भरमा खोलापारि नजानेहो भने त म केहि दिनमा नै त्यो खोलाको पारिभुभागमा बिरानो बन्नेछ, अनि म सँग को त्यो खोलापारिको साइनो अनि त्यसले म माथि लगाएको गुन, सायदै म कहिले तिर्न सक्नेछु, हरेक दिन पछुतो बोकेर हिड्नु एउटा बिकल्प रहनेछ,साथिहो  हुनसक्छ  प्रयास गर्दा सफल नभइएला पार गर्न तर पार गर्ने प्रयासै नगर्ने हो भने त उहि डुङ्गा सँग दाँज्नु बाहेक के नै रहन्छर आफुलाई।साथहो अनि फेरि हेर्नुस न  करडौं मानिस अटाएको ठाँउमा हामि एक दुई नअटाउने भन्ने त प्रसंगनै आउदैन र सबैले बाँचेको ठाँउमा तपाई वा म बाँच्न सक्दैनौ भन्ने त अलि समय सापेक्क्ष पनि हुदैन होला, सोमालियामा त मानिस बाँचिरहेका छन, जाँफ्ना मा त मानिसले नयाँ किरणको आसा मारेका छैनन। साथिहो तपाइ हामिले   देखैको कुरानै हो नि धारो बाट गाग्रिमा पानि भर्दा  पानि गाग्रिमा आफै जादैन त्यसलाई कि त खिछ्नु पर्छ न भए त्यसलाई खिछ्ने मानिस हुनु पर्छ, तपाई खिछ्न तयार हुनुहुन्न भने कसैलाई खिच्न तयार हुन दिनु र हेर्नुस  त्यसको कति महत्व छ। साथि के आम नेपालि  के तपाई वा म जतिकै जति सबै सौभाग्यमान  छन त ? 


साथिहो तपाइहरु को कथा फरकहोला तर मेरो काथा याँहा पनि पैसा र खुसि को पछि पछि भाग्दा बर्षौं बितिसके न त खुसि ले मुन्टो फर्काइन न त पैसाले पत्याईन।साथि सायद म याँहा अरु पचासौ बर्ष बसे पनि म खुसि र पैसाकै पछाडिनै भागिरहने छु।अहिले त म केवल मुडा बनेर भाग्दै छु पछि त परिवार लाई भागउनु पर्ने छ झुटो सपना साथ लगायर साथ परिचयनै परिबर्तन गराएर। साथि हो यो मेरो केवल एक्लो अनुभबहो हरेक मानिसको कथा मेरो भन्दा फरक हुनसक्छ, गनतब्य फरक हुनसक्छ र त्यस्को छाल फरक हुन सक्छ किनरा अलग हुनसक्छ, अनि हरेक महिना साझामा निसक्ने यो टपिक को निर्कर्ष फरक हुनसक्छन तर मेरो गनतव्य भनेको नेपालका गाँउहरु हुन अनि मेरा धार भनेको देशमा शैक्षिक, आर्थिक र सामाजिक क्रान्ति लेर्याउनमा धेरै दियालो को बिचमा एउटा दियालो बनेर साथ दिनुहो, हुनसक्छ  सगरमाथा नाप्ने बिचमा म मकालु वा माछापछ्रे नाप्दैहुला त्यसमाक कुनै संकोच छैन। त  मलाइ जसले याँहा सम्म डोर्याए अब उनिहरुको अनुहार मा चमक लेर्याउनु पनि मेरो एउटा कर्तब्यहो।
Last edited: 28-Apr-10 08:01 PM
Last edited: 28-Apr-10 08:30 PM
Read Full Discussion Thread for this article