बोल बोल बोलाउँदा खेरी
आउँछ मौका पर्खिन्न धत्तेरी
घर त लगनखेल
हाँसौं खेलौं पातली दुई दिन बाँचुन्जेल
बुधवारे जदौ सबै गाम्लेहरुलाई।
आज त चहलपहल रहेछ चौतारीमा। हिंजो अस्ति शून्य भएको देख्दा त कतै माओवादीहरुले सबैलाई काठमाडौं लगेर शारीरिक अभ्यासमा त लगाएनन् भन्ने जस्तो लाग्याथ्यो। कान्तिपुरको फोटो हेर्दा त चिन्या अनुहार देखिएन, फेरि भरतपुरमा ग्रिनेड सहित पक्राउ परेकाको नाउँ पनि कोही औतारीसँ मिल्या जस्तो त लागेको थिएन। आज जे होस् अलि मान्छे देखियो र ढुक्क भैयो।
रिट्ठे सरलाई रुघा लाग्या रे? नेपालबाट सूर्य ल्याइयाथ्यो र? शीघ्र उन्मूलन् होस् नाके भाईरस जति। अनि मासु कति धार्नी खाइयो, तासमा हारजित कति भो, राम्या हालखर के रहेछ, बस यात्रा कस्तो भो?
अनि क्रेजी चमेरे शहराँ बसेर नि किन गौचर जाने कुराको टेन्सन लिरा? तिम्रा शहराट त पिलेन चढे पुगिहाल्छ नि, त्याँट जान रिक्सा वा ठेलालाई २००० जति तिरे त काठमाडौं र पाटनको जता पनि लगिहल्लान् नि। नभए पर्यटक अथवा बैबाहिक कार्यक्रम लेखेको तुल टाँग्नु गाडीमा, एउटै ढुङ्गो पर्दैन।
रामेको गाउँमा हिउँ पर्यो रे? हाम्रा तिर भने ८० कट्न थालिसको अर्को हप्ता चाहिने जो बिर्ख्या उमेर अर्थात् ९० नै कट्छ भन्छन् ती मेटेरोलोजिस्ट् कि के भन्ने ज्योतिषहरुले।
ठुल्दाइको पनि आउने बेला हुन लाग्यो त्यसो भए। अहिले देखि रिक्सा वा ठेला रिजर्भ गरी राख्नुहोस् एअरपोर्ट जान। मम टन्न खानुहोस्, फोटो टन्न खिच्नुहोस्, अनि सूर्य तान्नुहोस् (आखिर अहिलेसम्म एमालेकै प्रम छन्)।
बिष्टे, बाउचा र रामेलाई तारेमाम्।