Posted by: Rahuldai April 27, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
मंगलबारे +बुधबारे जदौ ।
रामे, लहरे, चिप्ले, रिट्ठे, पुरे, जिते लगायत सम्पूर्ण औतारिहरुमा अन्यौलपूर्ण अभिबादन । जंगलीहरुले फेरी तान्डब देखाउने सूर कस्या छन। स्कूल बन्द गरेर लडाकुहरु भरेका छन। त्यसै त आफ्नो रजिनामा पछीको काम सकेको छैन त्यस माथि आन्दोलनको त्रास, यस्तो छ नेपाल मा बास ।
देश हेर्न आएको थिएं, हेरेको हेरै भएं । माटोमा अपनत्व भेटिन, बाटोमा सुरक्षा देखिन, रातोमा भरोसा छैन।
१९ गते अर्थात २ मै देखी अनिश्चितकालिन आमा हडताल रे । लाठी र खुकुरी भिरेर शान्तीपूर्ण आन्दोलनको बिगुल फुके। हराम देखी राम डराए।
औतारिहरु रात छिप्पेको मात्र छैन बिजुली मैया पनि पश्चिम लाग्ने बेला भाको हुँदा आज लाई यहीं तारेमाम।