Posted by: newlynew April 21, 2010
यो त साह्रै भो है|||
Login in to Rate this Post:     0       ?        

यसरी कारबाही गर्न थाल्यो भने देश कोल्ले चलाऊने नि ???


http://www.ekantipur.com/np/2067/1/9/full-news/310376/


================================================


अकुत सम्पती जोड्ने खरिदारलाई बिगोसहित जेल
घनश्याम खड्का                    
काठमाडौं, वैशाख ९ - भन्सारका खरिदारलाई अनुचित तवरमा अकुत सम्पत्ति जोडेको अभियोगमा विशेष अदालतले बुधबार पौने करोड बिगोसहित १ वर्ष कैद सजाय तोकेको छ । तातोपानी भन्सारका खरिदार भरतप्रसाद घिमिरेलाई विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दण्ड जरिवाना गरेको हो ।


अख्तियारद्वारा २०५९ साउन मसान्तको मध्य रातमा छापा मारिएका राजश्वका २२ कर्मचारीमध्ये घिमिरे पनि एक हुन् । उनको घरबाट नेरु १८ लाख, भारु ८४ हजार र र केही डलर गरी २० लाख नगद, ३ सय ४१ ग्रामको सुनको विस्कुटसमेत गरी १ करोड ४ लाख ९१ हजार बराबरको सम्पत्ती बरामद भएको थियो ।


त्यसमध्ये २८ लाख ४४ हजार रुपैयाँ को मात्रै स्रोत खुलेको भन्दै अख्तियारले उनीविरुद्ध २०५९ मंसिर २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 'छानबिनका क्रममा घिमिरेको ७६ लाख ४६ हजार रुपैयाूको स्रोत खुलेन' अदालतका अध्यक्ष कार्कीले कान्तिपुरसूग भने,'भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ अनुसार उनलाई त्यति नै सम्पती बराबरको रुपैयाू जरिवाना र एक वर्ष कैद फैसला भएको छ ।'


२०३४ मा रामेछापको एक गाविसमा सचिव पदबाट सरकारी सेवामा प्रवेश गरेका घिमिरे २०४० सालदेखि छापा मारिने दिनसम्म भन्सारमा काम गर्दै आएका थिए । अकुत सम्पत्ति फेला परेको भन्दै छापाकाण्ड उनलाई सरकारले निलम्बन गरेको थियो ।


छानबिनका क्रममा घिमिरेले पस्मिना व्यापारमा पनि २६ लाख रुपैयाँ लगानी गरेको अख्तियारले पत्ता लगाएको थियो । त्यसबाहेक उनकी पत्नी देवि घिमिरेको नाममा बुद्धनगरमा दुई कित्तामा बनेको एक पक्की घर पनि छ । यो सबै सम्पती सरकारले जफत गरेको छ । 'अहिलेको मूल्य अनुसार उनको सम्पती करोडौंको हुन आउूछ' कार्की भन्छन्,'सोझो हिसाबले चल्ने एउटा खरिदारले यति पैसा जिन्दगीभर कमाउन सक्दैन ।'


छापा मारिएका केही कर्मचारीको मुद्दा सर्वाेच्चमा गएको, केहीलाई सजाए भइसकेको र केहीबारे छानबिन चलिरहेको कार्कीले बताए ।


 

Read Full Discussion Thread for this article