Posted by: lamjung April 19, 2010
माओवादीले टिभीसहित ठूला मिडिया चलाउने
Login in to Rate this Post:     0       ?        
lau hai

http://www.nagariknews.com/politics/party-politics/12482-2010-04-19-05-15-09.html

 निर्धारित समयमा संविधान नबने विद्रोह गर्ने
नीति लिएको एकीकृत माओवादीले प्रचार युद्ध छेड्नलाई छिटै टेलिभिजन र
ब्रोडसिट दैनिक पत्रिका ल्याउने भएको छ।  नेतैपिच्छे पत्रिका निस्कन थालेपछि उसले रेडियो मिर्मिरे र
अंग्रेजी पाक्षिक 'रेड स्टार'सहित जनादेश, संश्लेषण र जनदिशा दैनिकलाई
मात्र आफ्नो केन्द्रीय प्रकाशनको रुपमा मान्यता दिएको छ।

मात्रात्मकरुपमा माओवादीद्वारा संचालित संचारमाध्यम धेरै भए पनि
प्रभावकारी हुन नसकेको ठहर गर्दै उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख
बाबुराम भट्टराईले यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन्। भट्टराईले आइतबार
राजधानीमा राज्य समिति इन्चार्ज, राजधानीबाहिरबाट प्रचार ब्युरो इन्चार्ज र
सेक्रेटरी र प्रचार विभागमा रहेका दुई दर्जन भन्दा बढी पत्रकारलाई
प्रशिक्षण दिदैै उनले 'पार्टीको प्रचार नीति, योजना र कार्यक्रमसम्बन्धि
प्रस्ताव' नामक ६ पेज लामो प्रस्ताव प्रस्तुत गरेका हुन्।


टेलिभिजनको तयारीका लागि प्रमुख भट्टराईको संयोजकत्वमा सम्पादकीय र
दिनानाथ शर्माको संयोजकत्वमा व्यस्थापन टीमले टेेलिभिजनको लागि गृहकार्य
सुरु गरिसकेको छ।


Read Full Discussion Thread for this article