Posted by: UNN April 15, 2010
राजाबादीहरुबाट उल्टै प्रचण्डलाई धम्की , माओवादीलाई धार्मिक कारबाही गर्ने चेतावनी
Login in to Rate this Post:     1       ?         Liked by
राजाबादीहरु सल्बलाउन थालेको र गणतन्त्र बिरुद्द षड्यन्त्र गरेको भनेर
माओवादीहरुबाट धम्की आउन थालेको प्रती राजाबदीहरु प्रतिकार गर्ने तयारीमा
जुटेको र अब त्यस्ता धम्की सहन नसक्ने जनाउदै संयुक्त राष्ट्रबादी मोर्चा प्रेस बिज्ञप्ती जारी गरेको छ।



प्रेस बिज्ञप्तीमा भनिएको छ। देशमा भएको हत्या , हिंसा , अन्नाय
,अत्याचार , भ्रष्टचारको अन्त्य भै देशमा शान्ती स्थापना गरी बिद्रोही
माओवादीलाई राज्यको मुल धारमा ल्याई स्थाई ब्यबस्था, बिकसित र सम्बृद्धि
राष्ट्रको कल्पना गरेर राजाबाट लोकतन्त्र घोषणा गरेको हामी सबैलाई सर्ब
बिबिदै छ। तर देशमा हत्या हिंसा , अन्नाय अत्याचार र भ्रष्टचारले सिमा
नागेको छ। देशमा भाई चारा व्यबहार भन्दा जात , भाष धर्म र सीमाको नाउमा
मुलुक टुक्रिने अवस्था श्रीजनाको बिकास भएको छ। देशको सर्भभौमसत्ता ,
अखण्डता सिक्किमीकरण तर्फ उन्मुख हुँदै छ्।यस्तो अवस्थामा राजा ,दल ,
नागरिक समाज र जनता मिलेर एक ढिक्का हुनु पर्नेमा दलहरु आ - आफ्नो
स्वार्थमा लागेको कारण राष्ट्र अन्यौल पूर्ण अवस्थामा छ।



राजाबाट हालै सास्कृतिक - परम्परा जोगाउन मठ् मन्दिरहरुको भ्रमणको क्रममा
ब्यापक जनसहभागीता देखेर आतंककारी प्रचण्ड लगायत नेताहरुबाट राजा ,
राजाबादी , हिन्दूबादी तथा राष्ट्रबादीलाई धम्की दिन थालेको प्रती हाम्रो
संयुक्त राष्ट्रबादी मोर्चाको गम्भिर ध्यान आकर्षन भएको छ। लोकतन्त्रमा आफु
हिंड्नै नपाउने , बोल्नै नपाउने, पूजा गर्नै नपाउने खालको आधारमी
माओवादीको बारम्बार आएको धम्की तथा माओवादीको दलिय तानाशाही अब सहन नसकिने ,
हिन्दूधर्म , राजतन्त्र बिरुद्ध कृयाकलाप गर्ने र धम्की दिनेलाई धार्मिक
कारबाही सहीत अन्य भौतिक कारबाही सेमत गर्न गोर्खा दल तयार रहेको यसै प्रेस
बिज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौ। सरकारमा हुँदा पनि नहुँदा
पनि दानबिय रुपले देश र जनतालाई लुटी मुलुकलाई १०० बर्ष पछी
धकेलिएको,बन्दुक र धम्कीको भरमा निर्वाचन जितेको , अनमिनलाई समेत झुटको
खेती गरेर लडाकुको नाउमा जनताको पैसा लुटेको मात्र होइन हिजो कथित
जनयुद्दकालमा कृयापुर्तीलाई , शिक्षकलाई , साना - साना कलीला युबक युबतीलाई
मार्ने , लाखौं जनतालाई घरबार बिहिन बनाउने ,डाँका शैलीले बैंक लुट्ने ,
कतीका बा - आमालाई छोरा छोरी बिहिन , छोरा - छोरीलाई टुहुरा बनाउने , हालै
लडाकु क्याम्पमा भएको कती कलीला युबा युबतीहरुको बा - आमाको समेत पहिचान
नभएको र अनाबश्यक लोभ लाल्चा देखाई शान्ति प्रक्रिया ,राष्ट्रिय
स्वाधीनताको नारा रटेर सम्पूर्ण मुलुकलाई नै भ्रमित पारेको बिरुद्द
भण्डाफोर अभियान थाल्ने छौ ।



बाटो बिराएका माओवादी लडाकु , कार्यकर्ताहरुलाई पनि आफ्ना नेताको पछी नलागी
उनिहरुको बिरुद्द मोर्चाबन्दी गरी राष्ट्रको पक्षमा उभि बिद्रोह गर्न हामी
अपिल गर्दै सम्पूर्ण राष्ट्र नै अहिले माओवादी पीडित भएको हुँदा जनतालाई
हातमा लाठ्ठी , हसिया लिएर प्रतिकार गर्न र आफुले हिजो गरेको कुकर्मको पाप
मेटाउन हिन्दू राष्ट्र कायम गराउने कार्यमा माओवादीहरुलाई कार्यक्रममा
सहभागी हुन अनुरोध अनुरोध पनि गरेको छ।

Google
Read Full Discussion Thread for this article