Posted by: MithoJindagi April 14, 2010
A poem dedicated to all mothers on this Auspicious Mother's Day.
Login in to Rate this Post:     0       ?        

Meri Aama


खै के भनी सम्बोधन गरौ तिमीलाई 


तिमी नै आकाश, तिमी नै धर्ती


सारा संसारको रचना तिमी


माया ममताको खानि पनि तिमी


नहोस् कसैलाई पनि आमा तिम्रो कमी||


 


गर्व मलाई हुर्के तिम्रो गर्भमा


सिकायौ मलाई बिस्वास् गर्न कर्ममा


आस्था मलाई तिमीले दिएको धर्ममा


हिंड्नेछु सधैं तिमीले डोर्याएको सुमार्गमा 


केबल तिम्रै सन्तान रहु हरेक जन्ममा||


 


तोतेबोलीले आमा भन्दै हिड्थे


तिम्रो पक्षऔरिको फेद समाती रुन्थे


तिम्रो काखमा लुटुपुटु गरी सुत्थे


तर आज यो तिम्रो भुन्टे ठुलो भईसकेछ


तिम्रो मायाको मान राख्न्नसक्ने भएछ||


 


शायद त्यो बालपन अब नफर्केला


तोतेबोली ले आमा भन्न नसकिएला


तर तिम्रो रक्षा अबस्य नै गर्नेछु


तिम्रो दुधको भारा पक्कै तिर्नेछु


यो मन मन्दिरमा सदा तिमीलाई पुज्नेछु|| 


 


  


      


 


 


 

Read Full Discussion Thread for this article