Posted by: timer April 12, 2010
Political cheating, Shame Shame, ram ram
Login in to Rate this Post:     0       ?        

http://www.ekantipur.com/np/2066/12/30/full-news/309898/

भारतबाट पत्र प्राप्त भएको थाह छैनः सुजाता (साथमा पत्र पनि)

काठमाडौ, चैत्र ३० - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले
मेसिन रिडेबल पासपोर्ट(एमआरपी)छपाई सम्बन्धमा भारतबाट औपचारिक गोप्य पत्र
प्राप्त भएको आफूलाई जानकारी नभएको बताएकी छन् ।


ईकान्तिपुरलाई प्राप्त गोप्य पत्रमा भने भारतीय राजदूत राकेश सुदले स्पष्ट
रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई नै सम्बोधन गरिएको
छ ।


भारतीय राजदूत राकेश सुदले एमआरपी आफूलाई छाप्न दिए दुई मुलुकबीचको खुला
सिमानका कारण उब्जिएको सुरक्षा चासो सम्बोधन हुने भन्दै परराष्ट्र
मन्त्रालयलाई पत्र पठाएको सार्वजनिक भएको छ । उक्त पत्रपछि परराष्ट्रले
टेण्डर प्रक्रिया रद्ध गरी एमआरपी भारतलाई छाप्न दिने अडान लिएको खुलासा
भएको छ ।


कोइरालाले औपचारिक रुपमा पटक-पटक भारतबाट सुरक्षा चासो व्यक्त गरिएपनि
एमआरपीलाई लिएर त्यस्तो पत्र प्राप्त भएको वा नभएको बारे बुझ्नु पर्ने
बताइन । सोमबार बिहान रेडियो कान्तिपुरसंग कुरा गर्दै उनले त्यस सम्बन्धी
समाचार पत्रपत्रिकामा आएपछि आफू अच्चमित भएको बताइन । उनले एमआरपी भारतलाई
छाप्न दिने निर्णय रद्द गरिएकोप्रति असन्तुष्टि जनाइन । उनले भनिन्-'दुई
मुलुकबीच भएको सम्झौता रद्द गरिंदा कुटनीतिक सम्बन्धमा असर पर्ने तर्फ
प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा समेत उहाँले ध्यान दिनु भएन ।'


पत्रको पूर्णविवरण अंग्रेजीमाः

Read Full Discussion Thread for this article