Posted by: gairamailo April 11, 2010
रम्नु न हो जिन्दगी ....
Login in to Rate this Post:     1       ?         Liked by
रम्नु न हो जिन्दगी 
कैले रममा रम्छु ,कहिले गममा रम्छु 
कहिले एकान्तमा रम्छु ,कहिले कोलाहलमा रम्छु 
कहिले अस्लिल्तामा रम्छु ,कहिले अध्यात्ममा रम्छु 
कहिले सुरमा रम्छु ,कहिले सुरामा रम्छु 

रम्नुको नि परिभाषा बदलियेछ 
हिजो रम मा रम्दैनथे 
एकान्तमा रम्दैनथे 
हिजो तिम्रो कुरा सुनी रम्थे 
तिम्रो मुस्कानमा रम्थे,तिम्रो आँखामा रम्थे 
तिमिलाइ खुसि राख्ने कुरा सोची रम्थे
आज तेही कुरा भुल्न म रम पिउदै रम्छु , 
रम पिउदै रम्छु

अझ धेरै रमाउन मन छ 
सायद फेरी रम्नुको परिभाषा बदलियेला 
आजको रम्नु भोलिको रम्नु नहोला 
तर केहि छैन भोलि फेरी अर्को रमाइलो चिज आउने छ 
अनि म फेरी रम्नेछु ,रमाई रहनेछु 
म रमाई रमाई मर्नेछु 
Read Full Discussion Thread for this article