Posted by: Geology Tiger April 9, 2010
A nepali receives NASA award
Login in to Rate this Post:     0       ?        

 


ल मेरो चाँही सबैलाई बधाई छ!


NASA वाट एउटा सामान्य अवार्ड पाउदाँ कसैले पाउन नसकेको अवार्ड पाए झै, कसैले गर्न नसक्ने पुरुषार्थ गरे झै साझामा पोस्ट गर्ने रामहरी सुबेदी; रामहरी सुबेदीले आफुले अवार्ड पाएको कुरा साझामा पोस्ट गरेकोमा भयंकर ठुलो गल्ती गरेको र आफुले कहिले केही गल्ती नगरेको र नगर्ने झै रामहरी सुबेदीलाई ठुलै पाठ पढाउन उ माथि खनिएको साझाको विद्द्वान बर्ग; र अन्त्यमा यस प्रसङमा पनि जातियता जोडेर बहसलाई अझ माथिल्लो स्तरमा पुर्याउने तिका:जी लगायत सबैलाई मुरी मुरी बधाई!


यो थ्रेडमा साथीभाइहरुविच जसरी वहस चलिरहेछ त्यसले नेपाली समाजको साँचो प्रतिनिधित्व गर्छ। सुन्दर, अति नै सुन्दर... यस्ता ठुल्ठुला विद्वानहरुको मिठो बहस सुन्दा मलाई अव चाँडै नै नयाँ नेपाल बन्छ भन्ने कुरामा कत्ती पनि शंका रहेन।


जय होस् नेपालको, जय होस् नेपालीहरुको!   


 

Read Full Discussion Thread for this article