Posted by: chipledhunga April 9, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

डेढ घण्टा भैसक्यो कोही आएका छैनन्। ठुल्दाइको त यता उति गर्नु पर्ने होला जान अघि, अरु चाँही कहाँ गए नि? म पनि ठुल्दाइलाई शुभयात्रा भन्न मात्रै आएको।


ठुल्दाइ, शुभयात्रा। साथै केही सुझाव तथा अनुरोध:
१) हवाइजहाजको शौचालयमा चिलिम नतान्नुहोला अस्ति मात्रै त्यो कतारीले गरे जस्तो।
२) सम्पूर्ण औतारीहरुको तर्फबाट बाउचाको पसलको मम र डर नलागे माछा पनि खाइदिनुहोला। साथै पाटनको होनचाकहाँ पनि जानु होला।
३) होशीयारीपूर्वक बाटो काट्नुहोला।
4) ट्याक्सी चढ्दा रिंगटा लागे मिटरबाट अन्यत्र हेर्नुहोला।
५) मेलम्ची प्रोजेक्टमा चिनेको कोही बाँकी भए आयोजना छिट्टै पूरा गर्न दवाब दिनुहोला।
६) प्रचन्डे, माकुने, गच्छेदार आदिलाई लातका लात हानिदिनुहोला।
७) फोटोहरु टन्न खिच्नुहोला।
८) हामी औतारीहरुलाई खाने, पिउने, हेर्ने, सल्काउने आदि प्रशस्तै कोशेलीहरु ल्याइदिनुहोला।
९) काठमाडौंका अनि ललितपुरका टोल टोल अनि गल्ली गल्लिका साथै डाँडाकाँडा र द्रिश्यहरु र उपत्यका बाहिर जानु भयो भने ती ठाउँहरुलाई पनि चिप्लेढुङ्गाको बार र मौसम अनुसारको जदौ सुनाइदिनुहोला। साथै जदौ भन्नु पहिले एक अन्तरा गीत पनि गाइदिनुहोला।


१०) लास्ट बाट नट लिस्ट: हाजिर गर्दै गर्नुहोला। चौतारी प्रवेश पश्चातको तपाईंको पहिलो नेपाल यात्राको बिवरण सुन्न हामी औतारीहरु सँधै ब्यग्र रुपमा प्रतीक्षा गरिरहेका हुनेछौं।            
      
  
          

Read Full Discussion Thread for this article