Posted by: chipledhunga April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी के हो मसँग कहिले सोध्दै नसोध


सोमबारे जदौ उपस्थित भएका र हुनै लागेका औतारीहरुलाई।


रामे, भोक केले मेटाइयो त? बाउचाले पठाएको सूर्य त सँधै भाईरस लागेको हुन्छ। अघिल्लो चोटि (२००८) मा पनि सबैलाई संक्रमण भएको थियो।
ब्रान्डीको चाँही कती थरी अनुहार हो।
ठुल्दाइ, कस्तो सामानले भर्नु भएको हो? बत्तिको चिम लगेर त काम छैन, बिजुली आउने होइन। लालटिन र मैनबत्ती पनि नेपालमै सस्तो हुनु पर्ने हो। टुकी र दियालो त यहाँ पाइन्न होला।
पूरे, सप्ताहन्तमा सुन्तलीसँग रमाइलो गरी समय बिताइयो? बैशाख त लाग्न लाग्यो, साइत जुराइयो कि जुराइएन त?
              

Read Full Discussion Thread for this article