Posted by: timer April 5, 2010
Kali Baba - A Dhongi
Login in to Rate this Post:     0       ?        

Hey Nepali ho kati yesari khane bichar chha, kehi gara ba kehi samayamai, nabhaye hamra chhora nati le sarapchhan hai


रिपोर्ट




कालीबाबाको असली कथा

आफूमा
देवीको शक्ति भएको बताउने 'कालीबाबा' १९ माघ २०६१ मा तत्कालीन राजा
ज्ञानेन्द्रको सत्तापलटपछि निकै चर्चामा आएका हुन्। नेपाललाई पुनः हिन्दू
राष्ट्र बनाउने अभियानमा लागेका कालीबाबाको वास्तविकता खोजपछि उनले नेपाल
र भारतका धर्मभीरुहरूलाई छलबाट वशमा पारेको तथ्यहरू हिमाल ले भेटेको छ।
'खलढुङ्गा र सोलुखुम्बुबाट फर्केर सरोज दाहाल को रिपोर्ट

सरोज दाहाल




प्रिन्टप्रिन्ट    

ईमेलईमेल    

ईमेलसम्पादकलाई चिट्ठी
                                         अक्षरको
आकार:
small text | medium text | large text





सुभन्दाः मलाई अरू केही थाहा छैन, गाँसबासको व्यवस्था गरिदिनुपर्‍यो।

कालीबाबाः तपाईंको माग म पूरा गर्छु, तर विस्तारै।

सुभन्दाः विस्तारै भनेको कहिले, मैले जिब्रो टोकेपछि?

कालीबाबाः
मलाई आजको अवस्थामा पुर्‍याउने तपाईं नै हो, तपाईं मेरी माता जस्ती
नारीलाई म बिर्सन्न। सबै व्यवस्था गर्छु तर, एकैचोटि होइन विस्तारै हुन्छ।

न्हुच्छेमान डंगोल
नामः कालिदास दाहाल (कालिबाबा)
जन्मः मङ्सिर २०१८
जन्मस्थानः वर्णालु गाविस-१ सानीटार, खलढुङ्गा
श्रीमतीहरूः सुभन्दा कट्टेल (दाहाल) र मीना कार्की (दाहाल) छोराः उज्वल दाहाल

१९
माघ २०६६ मा कालीदास दाहाल (कालीबाबा) ले काठमाडौंबाट फोन गरेर जेठी
श्रीमती सुभन्दा दाहाललाई माता भन्दै यस्तो कुरा गरेको अघिल्लो दिन उनीहरू
खलढुङ्गाको एउटै आँगनमा थिए। मागीविवाह भएको जेठी श्रीमती सुभन्दासँग
विछोडको २३ वर्षपछि खलढुङ्गा वर्णालु गाविस-१ सानीटारस्थित घरैमा देखाभेट
हुँदा प्रत्यक्ष बोल्ने आँट नगरेका कालीबाबा ले दोस्रो दिन फोन गरेर यति
कुरा गरेका थिए।

खासमा उनी भान्जा दीपक फुयाँलमार्फत आफ्नो
वास्तविक जीवनको प्रमुख साक्षी सुभन्दाबाट मुख नखोल्ने वचन लिएपछि मात्र
पिता मनोहर दाहालको मृत्युको १२औं दिन हेलिकप्टर लिएर सानीटार पुगेका थिए।
बाचाअनुसार श्रीमती मौन बसेको गुन तिर्न उनले भोलिपल्ट फोन गरेर
खाने-बस्ने व्यवस्था गरिदिने आश्वासन दिए। ७ चैतमा सोलुको वेतघारी-३
माझ्गाउँस्थित माइती घरमा भेटिएकी देवीप्रसाद कट्टेलकी माइली छोरी
सुभन्दाले हिमाल सँग भनिन्, “जीवनमा कहिल्यै, कुनै कुरा सही बोलेको भए पो
पत्याउने। यत्रो दुनियाँलाई ढाँटेका मानिसले दिएको आश्वासनबाट मख्ख परेकी
नठान्नुहोला मलाई!”

नेपालका पूर्व राजादेखि जानेमानेका नेता र
तन्त्रमन्त्रका विश्वासीदेखि कट्टरहिन्दूवादीले धर्मसंस्कृतिका धरोहर
मानेका यी बाबा को विषयमा उनकी श्रीमती मात्र होइन दाजुभाइ र गाउँलेहरूको
धारणा पनि यस्तै पाइयो। वर्णालु र वेतघारीमा भेटिएका अधिकांशले कालीदास
दाहाललाई फटाहा को संज्ञा दिँदै उनका बारेमा थुप्रै रमाइला किस्साहरू
सुनाए।

बाबा को वास्तविकता

सरोज दाहाल
कालिबाबाकी जेठी श्रीमती शुभन्दा दाहाल, सोलुको बेतगाउस्थित माइती घरमा
२०१८
साल मङ्सिरमा खलढुङ्गाको वर्णालु-१ सानीटारका मनोहर दाहालको जेठो छोराका
रूपमा जन्मिएका कालीदास दाहाल नै अहिलेका चर्चित कालीबाबा हुन्। उनका दुई
भाइमध्ये कान्छा कुमार गाउँमै छन् भने माइला एकराज काठमाडौंमा छन्। दुई
बहिनीको घरबार भइसकेको छ। कालीदासले स्थानीय श्री राज्यलक्ष्मी प्राविमा
पाँच कक्षासम्म पढ्दा शान्तिराम भट्टराई प्रधानाध्यापक र परशुराम गुरुङ
शिक्षक थिए। २०३१ सालमा पाँच कक्षा पास गरेर स्कूल छाडेका कालीदासले
त्यसपछि कतै पढेको नसुनेको अवकाशप्राप्त शिक्षक गुरुङले बताए। पछि उनी
अमृतसाइन्स क्याम्पसमा प्राध्यापक, ठूलो साधु र राजपण्डित भएको कुरा
पत्रपत्रिकाबाट सुनेको गुरुङ बताउँछन्। भन्छन्, “अरूले पत्याए होलान्, तर
हामीलाई गाह्रो पर्‍यो।”

गाउँलेहरूका भनाइमा स्कूल छाडेेपछि
कालीदासले गाउँकै दशरथ दाहालबाट टिपन-चिना लेख्न र हेर्न सिकेका थिए। उनका
बाबु मनोहर खेतीकिसानी बाहेक गाउँमा झ्ारफुकको काम गर्थे। गएको ८ माघमा
दिवङ्गत उनलाई गाउँलेहरूले एक सरल र इमानदार मानिसका रूपमा सम्झ्िए। तर,
छोरा कालीदासले आफ्नो वेबसाइटमा आफ्नो बाबुलाई ज्योतिषशास्त्रको
विधावारिधिको पगरी गुथाउँदै आफ्नो परिचय डा. मनोहर दाहालका जेठा छोराको
रुपमा गराएका छन्। आफू श्री श्री १००८ बाबा कालीदासजी महाराज
(श्रीकृष्णनन्द परमहंस) भएको दाबी गर्ने उनले वेबसाइटमा मात्र होइन
विभिन्न सञ्चारमाध्यममा पनि झ्ूटो विवरण प्रवाह गरेका छन्। यसनिम्ति उनले
उमेर, अध्ययन र अनुभव वास्तविकता भन्दा बढी देखाउन चाहेको स्पष्ट हुन्छ
(हे.बक्स)।

उनको वेबसाइट डब्लुडब्लुडब्लु डट बाबाकालीदासधाम डट
कममा कालीदासले आफ्नो जन्ममिति सन् १९३८ (वि.सं. १९९४) उल्लेख गरेका छन्।
त्यसअनुसार अहिले उनी ७२ वर्षका भए। उनको यो उमेर सुनेर सानीटारवासीहरू
चकित परे। २३ फागुन २०३६ मा कालीदाससँग विवाह भएकी सुभन्दाले भनिन्, “उनी
२०१८ सालका हुन्। उमेरमा मभन्दा एक वर्ष कान्छा छन्।”

तीर्थ सिग्देल
कालिबाबाकी कान्छी श्रीमती मीना कार्की झापा,
कालीदास
बाबा ले सन् १९७१-७३ मा आफूलाई अमृत साइन्स क्याम्पसमा पढाएको ठान्ने
तराई-मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी अहिले दाह्री र
जटाले उहाँलाई चिन्न नसकिने बनाएको बताउँछन्। २०३१ सालमा कालीदासले पढाएको
त्रिपाठीको दाबीमा विश्वास गर्ने हो भने त्यतिबेलाको उनको वास्तविक उमेर
१२ वर्षभन्दा माथि हुँदैन। के यो सम्भव छ? त्रिपाठी भन्छन्, “त्योभन्दा त
धेरै नै उमेर हो बाबाको।”

७ चैत बिहान नौ बजे कालीदासका ससुरा
देवीप्रसाद ज्वाइँकै चमत्कारको कथा छापिएको पत्रिका पढिरहेका थिए। हिमाल
ले कालीदासबारे चासो देखाउँदा कान कम सुन्ने देवीप्रसादले ज्वाइँले तिनछक
पारेको बताए। उनले भने “हामीले थाहा पाएको कुराको काम छैन। फटाहाको जमाना
रहेछ, के गर्नु!” अन्त्यमा उनले सत्यकै जित हुने विश्वास व्यक्त गर्दै
५०-६० जना जन्तीका अगाडि गोडा धोएर कन्यादान गरेको आफ्नै ज्वाइँ संसारै
ढाँट्ने सिल्पट बनेको भन्दै दुःखमनाउ गरे।

कालिबाबाले आफ्नो अध्ययन, अध्यापन, उमेर र बाबु डाक्टर भएको उल्लेख गरेका वेवसाईट www.babakalidasdham.com
सुभन्दाका
अनुसार विवाहको केही महिनापछि नै कालीदास तत्कालीन शाही सेनामा जागिर
पाएको भन्दै बारम्बार घर छाडेर हिँड्न थालेका थिए। कान्छा भाइ कुमार पनि
त्यस बेला उनले बाबुआमालाई पनि सेनामा जागिर भएको बताएको सम्झ्न्छन्।
श्रीमती सुभन्दाले चिसङ्खु गाउँका चिनजानका घिमिरे थरीहरूबाट पनि कालीदास
सेनामा लागेको खबर पाएकाले त्यस कुरामा विश्वास गरेकी थिइन्। त्यसपछि
बेपत्ता भएका कालीदास एकैचोटि २०४३ सालमा गाउँमा देखिए, मीना कार्की नामकी
कान्छी श्रीमती र छोरासहित। हाल झ्ापाको चकचकी-६ कार्की टोलमा रहेकी मीना
कालीदासले आफूलाई तत्कालीन आपूर्ति सहायक मन्त्री भोलामानसिंह थापाको
भान्जा हुँ भन्दै २०४० वैशाखमा विवाह गरेको बताउँछिन्।

त्यसको
करिब तीन वर्ष कालीदासले काठमाडौं-झ्ापा गरेर बिताएको र त्यही क्रममा
थापाथलीको प्रसूति गृहमा छोरो उज्ज्वल जन्मिएको मीना बताउँछिन्। पछि
कालीदाससँग सानीटार पुगेकी मीना त्यतिबेला छाँगाबाट खसे झ्ैं भइन् जब
माझ्गाउँबाट जेठी श्रीमती सुभन्दा पनि आइपुगिन्। सुभन्दाले खलढुङ्गा
प्रहरीमा कालीदासविरुद्ध उजुरी दिइन्, बहुविवाहको आरोपमा। त्यसपछि कालीदास
भागेका र जेठी श्रीमतीलाई रु.८ हजार दिएर गाउँमै बस्ने भनी गरेको सहमति
पनि कार्यान्वयन नभएकाले कान्छी श्रीमती माइतै फर्किइन्। मीना भन्छिन्,
“त्यस बेला म नभए आत्महत्या गर्छु भन्थ्यो। आखिरमा उसले मलाई बर्बादै
बनायो।”

तीर्थ सिग्देल
चकचकीस्थित आफ्नै घरमा र छोरा उज्वल दाहाल
मीनासँग
छुट्टिएर २०४४ पछि काठमाडौंमा बरालिएका कालीदास २०४६ सालमा फेरि सानीटार
पुगे, तर धेरै दिन टिकेनन्। त्यसपछि २०४८ मा गाउँ पुगेका उनले बनारसबाट
आचार्य पास गरें, घरमा पुराण भन्नुपर्‍यो भने। तर बाबुआमालाई पुराणको
तयारी गर्न लगाएर उनी फेरि बेपत्ता भएको कान्छा भाइ कुमार बताउँछन्। उनले
भने, “६ महिना बित्दा पनि दाजु नआएपछि फागुनमा खनियाखर्कका शान्तिराम
भट्टराई गुरुलाई बोलाएर पुराण लगायौं।”

पुराण भन्नुपर्ने भएपछि
घर नगएका कालीदासले त्यसपछि करिब दुई वर्ष काठमाडौंको नयाँसडकमा डाक्टर
कालीदास क्लिनिक चलाएको गाउँलेहरू बताउँछन्। कालीदासको क्लिनिकबाट
खलढुङ्गाका धेरैले औषधि ल्याएको पूर्व प्रअ शान्तिराम भट्टराईले
सम्झ्न्छन्। गाउँलेहरूका अनुसार नयाँ सडकमा पनि धेरै नक्कली काम गरेर
प्रहरी कारबाहीमा पर्ने भएपछि उनी केही दिनका लागि सानीटार फर्केका र अब
देशदेशावर गएर साधना गर्छु भनेका थिए। नभन्दै २०४९ सालदेखि फेरि हराए र
पछिल्लो पटक २०५१ मा एकपटक जोगी भएर घर आएको र आमाबाबुबाट भिक्षा लिएर
हिँडिहालेको कुमार सम्झ्न्छन्।

केशव थोकर
हिन्दुराष्ट्र
बनाउने अभियानमा १७-२५ फागुनसम्म पशुपतिको वनकालीमा कालीबाबाको अगुवाईमा
लगाइएको महायज्ञमा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह र कांग्रेस नेता
खुमबहादुर खड्का।
सयता कालीदासको खुटखबर
नपाएका गाउँलेले एकैचोटि २०५५-५६ मा उनका प्रगति विवरणहरू सुन्न थाले―
कालीबाबाको नाममा। ज्ञानेन्द्रको शाही कदमपछि त उनको नाम झ्नै चम्कियो,
राजालाई शक्ति दिने तान्त्रिकका रूपमा।
तपस्या र देशाटनका लागि नेपाल
छाडेपछि उनले आसामको तीनसुकियामा राई थरका एक नेपालीको घरमा आश्रय लिएका
थिए। त्यहाँ बस्दाबस्दै कालीदासले एक जना सिद्धको छवि बनाए। दाजुले भारतका
विभिन्न २७ धाममा विशाल आश्रम बनाएर हजारौं गाई पालेको बताए पनि आफूले
तीनसुकियाको आश्रम मात्रै देखेको कुमार बताउँछन्। कुमारका अनुसार
तिनसुकियाको पाँचतले मन्दिरमा कालीदासले पूजापाठको व्यवस्था गरेका छन्,
मन्दिर परिसरमा धेरै गाई पालिएको छ।

पिताको मृत्युपछि घर आएका
कालीबाबा को दर्शनका लागि जिल्ला सदरमुकाम खलढुङ्गाका सबै सरकारी अधिकारी
र सुरक्षा प्रमुख सानीटार पुग्दा गाउँलेहरू चकित भएका थिए। बाबा ले त्यहाँ
सेना, प्रहरी र निजामती प्रशासनका हाकिमहरूलाई आफूले बनारस हिन्दू
विश्वविद्यालयमा पढेर अमृत साइन्स कलेजमा प्राध्यापन गरेको जानकारी दिए।
बाबा को दर्शनका लागि सानीटारमा उपस्थित प्रमुख जिल्ला अधिकारी फणिन्द्र
पोख्रेल भन्छन्, “उहाँले आशीर्वाद दिँदै आफूले गरेका तपस्या, आर्जन गरेको
विद्या र प्राध्यापनबारे बताउनुभयो।”

सरोज दाहाल
२६ फागुनमा चितवनको देवघाट दर्शन पछि फर्कंदैगरेका कालीबाबाका साथ तमलोपा नेता हृदयेश त्रिपाठी।
त्यस
अवसरमा कालीबाबाले तपस्याका बेला आफूलाई बाघले चाट्दा र सर्पले बेर्दा पनि
केही नभएको, ठूलो खाल्डोमा तपस्यारत रहँदा मानिसहरूले बाल्टीका बाल्टी
पानी खन्याएर बिउँझ्ाउन खोज्दा पनि थाहा नपाएको र विश्वका ४८ देशसँग
सम्बन्ध भएको कुराहरू पनि सुनाएको त्यहाँ उपस्थित दाहाल थरकै एक वृद्धले
बताए। “उनको गफ सुन्दा त भगवान नै मान्दा पनि हुने जस्तो लाग्यो”, हाँस्दै
उनले भने।

राजनीतिक पहुँच
कालीदासले
खासगरेर तन्त्रविद्यामा तत्कालीन राजा ज्ञानेन्द्रको रुचिलाई समातेर २०५८
अघि नै राजपरिवारसँग सम्बन्ध बनाएको बताइन्छ। सबै कुरा जाने झ्ैं गरेर
निर्धक्क अघि सर्ने स्वभावका उनले किशोरवयमै सिकेका ज्योतिष विद्यालाई
भारतमा बढाएका थिए। त्यही क्रममा उनले होम गरेपछि प्रफुल्लकुमार महन्तलाई
आसामको मुख्यमन्त्री बन्ने सुयोग जुर्‍यो। त्यसपछि नै कालीबाबा को
चामत्कारिक क्षमता रातारात फैलिँदै नेपालको दरबार आइपुगेको हो।

सरोज दाहाल
कालिबाबाका कान्छा भाई कुमार दाहाल परिवारका साथ खलढुङ्गा सानीटार स्थित आफ्नै घरमा।
कालीबाबाले
ज्ञानेन्द्र शाहको शासन टिकाउन मात्र होइन, उनका छोरा पारसलाई कुलतबाट
बचाउन पनि अनेक होमहोमादी गरेका थिए। यसअघि ६ साउन २०६६ मा नेपाल आएका
उनले बिभिन्न खेमाका सम्भ्रान्त धर्मभीरुहरूलाई भेला गरेर हिन्दूराष्ट्र
स्थापना गर्छु भन्दै पछिल्लो पटक १७ फागुनदेखि पशुपतिको वनकालीमा सहस्र
रुद्रचण्डी अखण्ड महायज्ञ गरे। शाही शासन टिकाउन उनले २०५९-६० को अवधिमा
थुप्रै यज्ञ र तन्त्रमन्त्र गरेका थिए, जसमा ज्ञानेन्द्र शाह स्वयम् पनि
उपस्थित हुन्थे।

राजशत्रु नास गर्न नागार्जुन दरबारमा एक हजार एक
सय किलो खुर्सानीको होम गरेका कालीबाबा राजाकै भाकल पूरा गर्न हेलिकप्टरमा
कैलाश, मानसरोवर पुगे। सङ्कटकालमा राजतन्त्रको स्थायित्वका लागि खोटाङको
हलेसी, ताप्लेजुङको पाथीभरा र गोर्खा दरबारमा तान्त्रिक पूजापाठ गर्ने पनि
कालीबाबा नै थिए। गोर्खाको गोरखकाली मन्दिरमा उनले ११ जेठ २०६१ देखि ११
दिन गरेको होममा ज्ञानेन्द्र शाह उपस्थित थिए भने पाथीभरामा गरिएको नौदिने
होममा तत्कालीन युवराज पारस सामेल भएका थिए।

कालीदास दाहाललाई
सानैदेखि चिन्नेहरू उनमा भाषा चाँडो टिप्ने र बठ्याइँ गर्ने क्षमता भएको
बताउँछन्। छिमेकी गाउँ रुम्जाटारका एक बासिन्दा भन्छन्, “उनी प्रतिभा
चाहिँ भएकै मानिस हुन्, तर ठग लाइनमा लागे।” पुराना शिक्षक परशुराम गुरुङ
सानोमा कालीदासलाई शास्त्रको कालीदास जस्तै मूर्ख र उल्टो बुद्धिको होलास्
भनेर सम्झ्ाएको, तर उसको तीक्ष्ण बुद्धि सुल्टो चाहिँ नभएको बताउँछन्।


एक करोडको आस!

तीर्थ सिग्देल
कालिबाबा
ले आफूले प्रारम्भिक शिक्षा लिएको पाठशालालाई रु.१ करोड १ लाख दिने भनेपछि
सानीटारको श्री राज्यलक्ष्मी निम्नमाध्यमिक विद्यालयले आफ्नो ४८ वर्षको
इतिहास बदल्ने निर्णय गरेको छ। कालीदासले विद्यालयको नाम बदल्ने शर्तमा
भौतिक विकासका लागि त्यत्रो धनराशी उपलब्ध गराउने भएपछि सानीटारवासी उनको
शर्त मान्न राजी भएका हुन्।

बाबाले विद्यालयको नाममा आफ्ना
पिताले जीवनकालमा पाउँदै नपाएको ज्योतिष पण्डितको उपाधिसहित उनको नाम थप्न
अड्डी लिएका छन्। कालीदास दाहालले यस पटक गाउँलेलाई दिएको बचन पूरा गरे
भने विद्यालयको शिरमा श्री राज्यलक्ष्मी ज्योतिष पण्डित मनोहरप्रसाद दाहाल
निम्नमाध्यमिक विद्यालय वर्णालु-२ सानीटार” लेखिएको साइनबोर्ड चढ्ने छ।
त्यसका लागि जिल्ला शिक्षा कार्यालयमा सबै प्रक्रिया पुर्‍याएको विद्यालय
व्यवस्थापन समिति अहिले रकमको प्रतीक्षा गरेर बसेको छ। प्रधानाध्यापक
राजुकुमार दाहालले मनोहरप्रसाद दाहाल असल मानिस भएकोमा शङ्का नभए पनि उनी
ज्योतिष पण्डित नभएकाले विद्यालयको नाम फेर्न शुरुमा गाह्रो लागेको बताए।
कुनै पनि सरकारी विद्यालयलाई १० लाखभन्दा बढी सहयोग गर्ने दाताले चाहेमा
पूरै नाममा परिवर्तन नगरी केही पदावली थप्न सकिने प्रावधान शिक्षा
नियमावलीमा छ।

प्रजिअ फणिन्द्र पोख्रेल भन्छन्, “बाबाले फोन गरेर
नाम परिवर्तन गर्नै पर्छ भन्नुभयो, त्यसै अनुसार प्रक्रिया अगाडि बढेको
हो।” पैसाको सवालमा भने उनले उहाँ अहिले अरू नै अभियानमा व्यस्त भएको
सूचना आफूले पाएको बताए।

साथमा तीर्थ सिग्देल, झापा








प्रतिक्रिया लेख्नुस्




समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे
प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज
र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि
रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि ।
पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा
गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं


तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।
Last edited: 05-Apr-10 12:02 PM
Read Full Discussion Thread for this article