Posted by: Soil March 29, 2010
गि्रनकार्डको अनुहार
Login in to Rate this Post:     0       ?        

Source: PeopleBoat.com पिपलबोट डट कम 

By: Anil Pandey, 


नेपालीमा एउटा उखान निकै लोकपि्रय छ- नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छाबाको अनुहार ! उखान कसरी बनेछ भने एकादेशमा भरुवा बन्दुकवाल एक सिकारी रहेछन् । जेथोको नाममा केबल छर्रा हालेर उड्नेमा ढुकुरदेखि दौडनेमा खरायोसम्म मार्नसक्ने बन्दुक मात्र रहेछ उनीसँग । त्यसकै भरमा उनको गुजारा चलेको रहेछ । देशमा माओवादीको जन्म भैसकेको भए उहल्यै खोसिदिन्थ्यो त्यो बन्दुक तर कथाको मुलुकमा त्यस्तो अपि्रय केही भएको थिएन । यद्यपि एकदिन अलिकति मन अमिलो हुने काम भएरै छोड्यो । सिकारीले दिनभरि दौडेपछि बल्लतल्ल यौटा बाँदर मारे र घरमा लिएर आए । तर काट्न मन लागेन । मन नलाग्नुको कारण थियो अनुहार । बाँदरको अनुहार आफ्नै पिताश्रीका भाइ कान्छाबासँग काटिकुटी दुरुस्त मिल्नपुग्यो ।

  संयुक्त राज्य अमेरिकामा यस लेखकले दिनभरिको मात्र होइन िसंगो एक दशक लगाएर ुगि्रनकार्डु नामको एक थान सिकार फेला पार्ने नेपाली सिकारीलाई धेरै भेटेको छ ! पाठक महोदय के तपाईंले पनि भेट्नु भएको छ केही यस्ता शिकारीको शुभनाम गोप्य राखेर म अशुभ परिस्थितिका बारेमा जानकारी गराउँन चाहन्छु । कुरा सुरु गरौं  बोस्टोनमा मेरा एक महिला मित्र हुनुहुन्छ- पूर्व पत्रकार । उहाँ चलचित्र तथा कला क्षेत्रमा समाचार सङ्कलन गर्ने गर्नुहुन्थ्यो । ुअमेरिकामा रहेका नेपाली कलाकारको जीवनी सङ्कलन गर्नेु उद्देश्य देखाएर आपुू संलग्न रहेको अखबारको सिफारिसपत्रसहित भिसाका लागि आवेदन दिनुभयो । एक महिनाका लागि प्रवेशाज्ञा पाएर अमेरिका भित्रिनुभयो । त्यस्ता एक महिना ६० वटा बिते तर उहाँ नेपाल फर्किनु भएन । ुओभर स्टेु नामको ुपद्वीु धारण गरेर यहाँ बसेको बस्यै गर्नुभयो । पाँच वर्षसम्म बेनाम दासीसरह अमेरिकामा ट्याइलेट सफा गरेर र भुईं घोटेर बस्नुभयो । 

जति कमाउनुहुन्थ्यो गि्रनकार्ड दिलाइदिन्छु भन्ने अमेरिकाकै वकिललाई बुझाउनु हुन्थ्यो । 

यहाँ आउँदा २७ वर्षकी पाको उमेरकी अविवाहित तरुनी उहाँ ३२ की हुनुभयो तर विवाह गर्न पनि पाउनु भएन । यतै कतै जोडी बाँध्न सकेको भए हुन्थ्यो त्यो उहाँलाई जुरेन- गैरकानुनी ढंगले बसेकी युवतीलाई कसैले पत्याएन । अन्ततः अदालतले उहाँलाई मुद्दा जिताइदियो लामो सुस्केरा काड्दै गि्रनकार्ड समाउनुभयो । र दौडेर नेपाल फर्किनुभयो विवाह गर्ने केटाहरुको ताँती लाग्यो । केही दिन अघिसम्म कसैले नपुछेकी उहाँलाई गि्रनकार्डकै कारण सबैले आँखा गाड्न थाले । बिनागि्रनकार्ड नेपाल फर्केको भए यस जिन्दगीमा उहाँ फेरि कहिल्यै अमेरिका आउन सक्नु हुने थिएन । तर पाँच वर्षको दासतापछि एकैसाथ सबै प्राप्त भएजस्तो भयो उहाँलाई ।

Source: PeopleBoat.com पिपलबोट डट कम 

By: Anil Pandey, President MotherLand  Nepal


तर यो उहाँको खुसी त्यति बेला गि्रनकार्डरुपी ुकान्छाबाको अनुहारु सावित भयो जब ३२ वर्षमा विवाह गर्दा पनि उहाँले नेपालको दुलाहालाई सँगै अमेरिका ल्याउन पाउनु भएन ।


यी हरफ लेखिरहँदा उहाँ बोस्टोनमा र उहाँका दुलाहा काठमाडौंमा हुनुहुन्छ- सुन्दैछु उहाँहरुको विवाह तोडिने सम्भावना बढेर गएको छ । दुवैका जीवनको संघारमा अर्कै पुरुष र महिला उभिइसकेका छन् । घरपरिबार बसाउने ढल्कँदो उमेरमा बच्चा पाउँदा हुने समस्या झेल्नेआदि कुराको त यहाँ चर्चा गरिएकै छैन ।
उहाँले गि्रनकार्ड त पाउनु भयो तर त्यसका लागि चुकाएको मूल्यलाई महत्व दिने कि नदिने त्यस मूल्यका अगाडि गि्रनकार्डको तौल कमजोर त देिखंदैन ! त्यो सबै हामीले विचार गर्ने विषय हो । गि्रनकार्ड पाएपछि जीवनमा आउने उचाइको अनुभूति अवसरको ओइरो र पहुँच अगाडिको जीवनसँग तुलना नै गर्न सकिन्न- अथाह छ । मेरो जीवनको नजदिक रहेका दुई व्यक्तिको म नाम लिन चाहन्छु- रिना पाण्डे र गोविन्द शाही । उहाँहरु दुवै पहिला अमेरिका आउँदा गि्रनकार्ड नभएकै कारण बीचमै निराश बनेर फर्केका व्यक्ति हुनुहुन्छ ।

 


तर पछि गि्रनकार्ड प्राप्त गर्नुभयो- कुशल व्यवसायीका रुपमा आफ्नो व्यक्तित्व सनप्रुा_िन्सस्कोजस्तो व्यस्त र प्रतिस्पद्र्धी शहरमा स्थापित गरिसक्नु भएको छ । 


रिनाले चर्म विज्ञानमा डिग्री लिएर दुई ठाउँमा ब्युटी सैलोन सफलताका साथ चलाएकी छन् श्रीमान् र परिवारको आर्थिक मेरुदण्ड बनेर उभिएकी छन् । अस्ति २००५ मा अमेरिका भित्रिएकी रिनाले केबल चार वर्षमा गरेको यो प्रगतिको स्रोत केबल गि्रनकार्ड मात्र हो । त्यसकै कारणले आज एक सशक्त महिलाका रुपमा उनको व्यक्तित्व उजागर भएको छ । उता १९८६ मा गि्रनकार्डकै अभावका कारण रित्तै घर फर्किनु भएका दाइ आज यस क्षेत्रकै सफल नेपाली व्यवसायी हुनुहुन्छ- हिमालयन ट्राभेल र होटेल व्यवसायमा उहाँको सफलता उचाइमा पुगेको छ ।


गि्रनकार्ड पाएको पाँच वर्षपछि अमेरिकाको नागरिक हुन आवेदन दिन सकिन्छ । तर गि्रनकार्ड मात्र पाएको व्यक्तिले अमेरिकामा राजनीति वा शासन साचालनका लागि हुने आवधिक निर्वाचनमा मतदान गर्ने र उम्मेदबार हुनेबाहेकका सबै अधिकार प्राप्त गर्दछ । नागरिकता नै पाएपछि भने यहाँ कुनै अपराध नै गरेपनि उसले ुडिपोटु हुनुपर्दैन तर गि्रनकार्ड मात्र हातमा पार्नेहरुले आपत्तिजनक व्यवहार गरेमा घर फर्किनुपर्छ । अमेरिका आप्रवासीहरुको मुलुक हो । आप्रवासी संस्कार कायम राख्नकै लागि यसले नेपाल र योजस्ता केही मुलुकका लागि डिभि चिठ्ठा खोलिरहन्छ । नेपालीका लागि गि्रनकार्ड पाउने यही नै सहज माध्यम हो । यसअतिरिक्त कलाकार लेखक राजनीतिज्ञ द्वन्द्वपीडितआदिका लागि अमेरिका प्रवेश गरेर सीधै गि्रनकार्डका लागि आवेदन दिन पनि मिल्छ । यस पक्तिकारका धेरै साथीहरु यस्तै सुविधामा गि्रनकार्ड पाएर यहाँ बसेका छन् । उनीहरुलाई भने लेखक विशेष सुविधा पाउने भाग्यमानी ठान्छ । तर यस्ता भाग्यमानीका लागि पनि गि्रनकार्डमा यदाकदा ुकान्छाबाको अनुहारु देखापर्छ । नेपालमा नाम कमाएका सरोज पुूल खनालहरु यहाँ आएपछि केबल आहाल हिलो मात्र सावित भएका छन् । हिलोमा पुूल फुलाउने आन्तरिक शक्ति त हुन्छ तर आफै फुल्न सक्तैन । आज बाबुआमाले गि्रनकार्ड लिए र नागरिकता पनि पाए भने भोलि जन्मिने छोराछोरीका लागि भने अमेरिकाको राष्ट्रपतिसम्म बन्ोर ढकमक्क फुल्ने बाटो खुल्छ । सिकारीको मानसिकता त्यागेर सिर्जनाको चिन्तन लिने हो भने ुकान्छाबाु को न्यायो माया अमेरिकामा पाउने सम्भावना प्रशस्तै छ |

Source: PeopleBoat.com पिपलबोट डट कम 

By: Anil Pandey, 

Last edited: 29-Mar-10 04:16 PM
Last edited: 29-Mar-10 04:23 PM
Last edited: 31-Mar-10 09:03 PM
Read Full Discussion Thread for this article