Posted by: chipledhunga March 29, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
लौ, कस्तो सुनसान हो चौतारी पनि। ठुल्दाइ नेपाल गए पछि झन् के हुने हो।
ठुल्दाइ, मेरो सल्लाह मान्नुहुन्छ भने बरु त्यहाँ पनि रातभरी उठ्नुहोस् अनि दिनमा सुत्नुहोस्। त्यसो गरे जाँदा नेपालको समय, फर्किंदा फेरी यताको समयमा एड्जस्ट हुने टन्टा पनि भएन, चौतारी पनि (लोड सेडिङ नभएको बेला) छुट्दैन।
सबै खाएर आएको कुरा गर्छन्। बिष्टेलाई त भान्जीले भात ल्याउने होला, बाउचाले खोइ wrapper को मम खायो कि लुटेको भेटी खायो थाहा भएन। ठुल्दाइको त टडक भात भैगो। पूरे त शाकाहारी नै होला, कसलाई पाउने आशामा बर्त बस्या हो मासु नखाइ नखाइ थुतुने किताबआँ तपस्या गरेर। रामेले पनि फ्रोजन बरिटो तताएर खायो होला।   
Read Full Discussion Thread for this article