Posted by: syanjali March 28, 2010
भक्ते लाई खुत्रुक्क पार्यो बाबै हरियो घाडो ले
Login in to Rate this Post:     0       ?        
अम्रिका जाने त्यो पनि हरियो पत्ता लिएर जाने भए पछी काम लठिभद्र छ भन्न पाईयो र के यो ससुराली गए जस्तो हो र काम धाम मिलएर जानु पर्छनी। माने क्यारे बसाइनै सारीसके पछी , चाइने क्यारे त्यो माली गाई ब्यायो कि ब्याएन , मकै घोगा कत्रा लागे , कतिमुरी फल्ने होला भनेर बस्ने हो कि हरिया नोठ ख्यान्ख्यान्ती गर्नेर बस्न्या हुन । बुढो बाज्या तिम्रा मतिमा पनि कुकुरले तुर्क्यायो जस्तो छनी।

जानै पर्ने हो भने , जानु अघी त्यो अम्रिकाने को आवत जावत गर्न पाउने इजाजत पत्र लिनालाई फेरी पन्जा छाप लगाउनु पर्छ त्यो आए पछी मात्रै बले दमै को दर्शन गर्न जानु अनी ठ्याङै २ बर्ष भित्र आउन पाउने कगजात दिन्छ,हरिया नोत टिप्न छोदेर किन नेपाल बसाइ हो ?

बुढो बाजे ले तरुनी खोज्दै थिए है न र , कि तेल फेर्न जान लाग्या हो , बिहे को रहर मात्रै भयो यहाँ, उता भने केराको झ्याङ्मा स्वहाँ हो कि क्याहो ?

जानुस् बज्या जानुस् , पन्जा छाप आए पछी ढुक्कै ७२८ दिन्को बसाइ गरे हुन्छ।
Read Full Discussion Thread for this article