Posted by: lopchanlama March 28, 2010
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
मन्द  मुस्कान
म्रिगयणी नयन
बादलको आचलले छोपेको
चन्द्रमुखी मुहार
बसन्तको पहिलो
पालुवाबाट झरेको 
सितको थोपाहरु 
अनी 
गुराँसले सजिएको 
हिमाल जस्तो लाग्छ
तिम्रो तस्बिर
भावनाको तरङंगमा
बहकिएको मेरो मन
दिन भरिको थकान 
र 
निद्राले  लोलाएका मेरा आँखा
रातको दोस्रो प्रहारमा निदाउन 
पूर्णबिराम लगाउन खोज्दै छ
स्वप्न बहनमा सवार मेरो मन


Read Full Discussion Thread for this article