Posted by: Tapariwan March 26, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     0       ?        
http://www.nayapatrika.net/newsportal/permalink/12380.html
जय नेपाल हजुरबा !



Font size:
Decrease font
Enlarge font





image




नौ
महिनामै जन्डिस लागेर घाममा सुताइएका बच्चाका लागि गिरिजाप्रसाद कोइरालाले
औषधिमात्र गरेनन्, बोर्डिङमा पढाउने व्यवस्था गरिदिए । कोइरालालाई
देख्नेबित्तिकै जय नेपाल भन्दै अभिनन्दन गर्ने आठ वर्षीय बालक अहिले
सोध्दै छन्- खै मेरा हजुरबा




नयाँ पत्रिका


काठमाडौं, १२ चैत


०५९
मंसिर २० गते । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको गाडी
मन्डिखाटारबाट महाराजगञ्जतिर हुइँकिँदै थियो । कोइरालाले गाडीबाट देखे,
एउटा शिशु घरबाहिर घाममा सुताइएको थियो । उनले ड्राइभरलाई भने, 'गाडी रोक
।'


गाडीबाट
ओर्लेर कोइराला बच्चा भएतिर लम्के । बच्चा हेरेर बसिरहेकी आमालाई उनले
सोधे, 'के भयो यो बच्चालाई ?' कोइरालालाई नचिनेकी आमाले जवाफ दिइन्,
'जन्डिस भएर घाममा सुताएको ।'


'कति महिनाको भयो बच्चा ?' कोइरालाले फेरि सोधे ।


'नौ महिनाको,' आमाले भनिन् ।


कोइरालाले बच्चालाई छामे, सुम्सुम्याए र भने, 'बिरामी बच्चालाई किन यसरी सुताएको ? अस्पताल लैजानुपर्दैन ?'


आमाले
परिवारको आर्थिक अवस्था बयान गरिन् । भाडाको सटरमा मासु पसल छ, त्यही पसल
पर्दाले बारिएको छ । भित्र खाने-सुत्ने र बाहिर पसल गरेर गुजारा चलेको छ ।
दैनिक गुजारा चलाउनै गाह्रो परेको वेला उपचार कहाँबाट गराउनु ?


शिशुकी
आमाको कथा पूरा नहुँदै कोइरालाले खल्तीमा हात हाले । पाँच सयको नोट
निकालेर उनको हातमा राखिदिए र भने, 'यसलाई तुरुन्त अस्पताल लगेर जचाऊ ।'


यति
भनेर कोइराला बाटो लागे, आमा निकैबेरसम्म अन्योलमा परिरहिन् । ती उपकारी
को थिए भन्ने मेसो नपाए पनि उनले आफ्नो छोरालाई अस्पताल लगिन् र उपचारपछि
जन्डिस बिसेक पनि भयो ।


तर
केही दिनपछि ती उपकारी पुरुष फेरि आए । त्यतिन्जेल आमाले थाहा पाइन्, उनी
थिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । शिशुलाई सन्चो भयो भन्ने
थाहा पाएपछि उनी पनि खुसी भएर फर्किए ।



त्यस
घटनापछि कोइराला हरेकचोटि छोरी सुजाताको घर मन्डिखाटार आउँदा बच्चालाई
एकचोटि नहेरी फर्किएनन् । कोइरालाले यसरी हेरविचार गरेका बालक राजु राउत
अहिले आठ वर्षका भएका छन् । कोइरालाको निधनबाट देशले एउटा अगुवा राजनेता
गुमाएको छ भने यी बालकले आफ्नो संरक्षक हजुरबुबा ।


०५९
देखि केही महिनाअघिसम्म कोइराला जतिपटक मन्डिखाटारको बाटो हिँडे, राजुलाई
नभेटी कहिल्यै अघि बढेनन् । राजु पनि कोइरालाको गाडी देख्नासाथ उफ्रिँदै
बाहिर निस्किन्थे र सलाम ठोक्दै भन्थे, 'हजुरबा जय नेपाल !'


मुसुमुसु
हाँस्दै गाडी रोक्न लगाउँथे कोइराला पनि । र, बच्चालाई च्यापेर गाडीमा
हाली छोरी सुजाताको घरमा लिएर जान्थे । आफूसँगै राखेर खुवाउँथे र र्फकंदा
गाडीमै राखेर घरमा छोडिदिन्थे । आफ्नै हजुरबुबासित जस्तै झ्याम्मिएका थिए
कोइरालासित राजु ।


राजुका
परिवारलाई पनि पटकपटक भेट्थे कोइराला । विद्यालय भर्ना गराउनेदेखि पढाइको
सबै खर्च कोइरालाबाटै पाउने गरेका थिए राजुका आमाबाबुले ।


कोइरालाले
दिएकै खर्चमा राजुलाई पहिला मन्डिखाटारस्थित नेसनल आइडियल बोर्डिङ स्कुलमा
पढाइएको थियो । कक्षा १ पास गरेपछि कोइरालाले अर्को अझ राम्रो स्कुलमा
पढाउन बाबुआमालाई भने र खर्चको व्यवस्था मिलाइदिने आश्वासन दिए । त्यसवेला
कोइरालाले एकमुष्ट १६ हजार दिएको निर्मला सम्झिन्छिन् ।


आमा
निर्मलाले राजुलाई होस्टलमा राख्ने इच्छा व्यक्त गरेकी थिइन् । तर,
कोइरालाले अस्वीकार गरे । उनको भनाइ सम्झिदै निर्मला भन्छिन्, 'होस्टेलमा
नराख, केटाकेटी झन् बिगि्रन्छन् भनेर सम्झाउनुभयो ।' छोराछोरीलाई साथमा
राख्नुपर्छ भनेर उनले सल्लाह दिएका थिए ।


कोइरालाले आफ्नो जीवनको अन्तसम्म पनि राजुको पढाइको खर्च व्यहोरे । राजु अहिले कक्षा २ को परीक्षा दिइरहेका छन् ।


गत साता
कोइरालाको निधन भयो, राजु चिन्तित छन्, उनको पढाइ बिगि्रने हो कि भन्ने
चिन्ता छ बाबुआमालाई । 'दुई दिन त खाना नै खाएन,' निर्मलाले भनिन् ।


निर्मलाका
अनुसार दसैं-तिहारमा राजु र उनकी बहिनीको हातमा पनि पैसा राखिदिन्थे
कोइराला । प्रधानमन्त्री भएका वेला निर्मलाका परिवारलाई कोइरालाले
बालुवाटारमा पनि बोलाएका थिए । 'हामी चारैजना गएका थियौँ,' बाबु
विष्णुबहादुरले भने, 'हामी सबैलाई सँगै राखेर खाना खुवाएर पठाउनुभयो ।'


पछिल्लोचोटि
माघमा छोरालाई लिएर निर्मला कोइरालानिवास महाराजगञ्ज पुगेकी थिइन् ।
त्यहीँ नै उनीहरूको कोइरालासितको अन्तिम भेट भयो । त्यस भेटमा राजुले
कोइरालासित ट्युसन पढ्ने इच्छा व्यक्त गरेका थिए । सम्झिदै राजुले सुनाए,
'तिमी राम्रोसित पढ, म हेरम्ला भन्नुभाथ्यो ।'


तर
पछिल्लोपटक कोइराला महाराजगञ्जबाट मन्डिखाटार सर्दा कोइरालाको गाडी रोकिएन
। उनी आफैं अशक्त थिए, बच्चा भेट्न सकेनन् । केही दिनपछि खबर आयो, उनको
निधन भयो ।


कोइरालाको
निधनको खबर थाहा पाएपछि निर्मलाले छोरालाई सुनाइन्, 'बाबु, हजुरबा त
बित्नुभो ।' राजुले अपत्यार मान्दै भने, 'होइन होला, म हेर्न जान्छु ।'


राजु
तत्कालै दगुरे सुजाताको घरतिर । उनलाई चिन्नेहरूले सहयोग गरेर भीडबाट
कटाउँदै भित्रै पुर्‍याएका थिए । राजुले कोइरालाको शव देखे र सुतिरहेको
भन्ठानेर फेरि दगुर्दै घर फर्के । तर, आमाले 'सुतेका' हजुरबा अब र्फकन्नन्
भनेर सम्झाएपछि उनी रुँदै फूल बोकेर गए श्रद्धाञ्जली दिन ।



familyश्रद्धाञ्जली
दिए पनि राजुका बाबुआमाले कोइरालाको निधनमा विश्वास गर्न सकेका छैनन् ।
'हामीलाई यति धेरै सहयोग गर्ने मान्छेको अन्तिम अवस्था हुँदा उहाँको
मुखसमेत हेर्न पाएनौँ,' निर्मलाले सुस्केरा हाल्दै भनिन्, 'राजुका लागि
उहाँ हजुरबा हुनुहुन्थ्यो, हाम्रा लागि त भगवान् ।'



राजुको
परिवार अहिले बेसहाराजस्तो भएको छ । बाबुआमा छोराको भविष्यलाई लिएर
चिन्तित बनेका छन् । निर्मलाले भनिन्, 'ठूलो मान्छेको माया पाएको थियो ।
अब हामीले यसको पढाइ कसरी पूरा गर्ने ? पछि बिगि्रने हो कि भन्ने डर छ ।'


Read Full Discussion Thread for this article