Posted by: perfectionist March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
1) चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर.
चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ, जुन सरा-सर झूठ हो, म अन्मार किताबमा, क्रिकइन्फोमा पनि देखिने गर्दछु। कती शब्द भो कुन्नी, २० त नाघ्यो होला भन्ने मान्या छु!
 
२) सुन्तलीको हालखबर के छ?
सुन्तलीको हालखबर बारे सोध्नु भा रेछ, अब यो बारे २० शब्द घटी नगरि भन्न पर्दा यो प्रश्न लहरेलाई सोध्न पर्नी भनेर भन्न चाहन्छु। २४ शब्द भो है!!

३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो?
दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो भन्ने ३ नम्बरको प्रश्नमा चिप्ले दालाई नयाँ कुरो थाहै नभाको थाहा हुन आउँदछ। छोरोले जिलेट मार्क ३ किनी सकेको र तेस्ले दार्ही काट्दा कतै केइ नहुनी जानकारी सहर्श गराउन्छ चाहन्छौं!

४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो?
केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो भन्ने प्रश्नको उत्तरमा धेरै लामो बनाइ, छोटो उत्तर चाइँ, मेलबाट कुरो भा, त्यो पनि एइ साझाको अनी नआउनुको कारण चाइँ आर्को पत्र मार्फत सोधेर जानकारी गराउने बाचा त हैन त ट्राइ सम्म गर्ने छु.

५) रामे हाल अनुपस्थित हुनुको कारण के हो?
रामे हाल अनुपस्थित हुनुको कारण धेरै हुन सक्छन। बाटामा तरुनी रुङेर बस्या नि हुन सक्छ, तरुनीले झप्पु हान्या नि हुन सक्छ, झप्पु हन्या भे चाँही सुतेर आको भन्छ मुर्दार्ले। कम्ताको मप्पा छ र! त्यो रामेचा भन्ने कुलङार। मैले चिनी सकेँ नि। हरेक कुरोको बहाना बनाउन
माहिर पो छ त।

बोनस प्रश्न (५ अंक)

सूर्य किन पूर्वबाट उदाउँछ? 

सुर्य चाइँ त्याँबाट किन उडाको चाँही, अर्को बाटो थाहा नभेर हो कि भन्ने मान्या छु।

लु सप्पै प्रश्न को ठीक ठीक उत्तर दियियो, मिले नि नमिले नि १०० म १०० पाम्! ऐले लाई यत्ती बुझी राखम केरे
Read Full Discussion Thread for this article