Posted by: chipledhunga March 19, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


जिम्मालबा, मेरो मानसिक स्थिति त ठीकै रहेछ भन्ने थाहा भयो। तर कसैको ठीक नभए डाक्टरकैं जानु पर्ला जस्तो त लागेन है। खुशीले रिट्ठेलाई लग्या जस्तो बेकार होला, एकैछिनमा आँफै ठीक हुन्छ।
रिट्ठेलाई शुभयात्रा। सीटको पेटी बाँध्नु, गाडी हल्लिन सक्छ तेसैले एभोमिन खानु, कागती चुस्दै जानु। तीनपाने धेरै खाने वा झैंझगडा गर्ने नगर्नु, नत्र मध्यरातिमा इमेर्जेन्सी स्टप भनेर बुझाईदेलान् चन्द्रनिगाहापुरको प्रहरी चौकीमा।
रामे के हो, कुखुरा बास्या ६ घण्टा पछि पो उठ्छ त।         
खुशी पनि कार्टुनिस्ट भएछ।
हर्के, रिक्सा कस्तो चल्दैछ, बङ्गूरको मासु कत्तिको खाँइदैछ?
 

Read Full Discussion Thread for this article