Posted by: Birkhe_Maila March 19, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

साथिहरु रिट्ठे नेपाल जाँदैछ। हजूर, अब उसले धेरै म:म खानेवाला छ। म:म एक किसिमको खानेकुरा हो, र अचम्मको कुरा यसले मानिसको मानसिक स्वास्थ्य डाइग्नोस गर्न पनि मद्दत गर्छ। आउनुहोस कसरि म:म द्वादा मानसिक स्वास्थ्य परिक्षण गर्ने त, यसबारेमा केहि चर्चा गरौ!


म:म सेतो, चिल्लो, देख्नासाथ अति मुखमा हाल्न योग्य देखिन्छ। चुच्चो परेको काँटाले बिस्तारै म:मको बास्ना लिँदै हल्का म:मलाई गोपिन्छ। यसरि गोप्दा म:म भित्र भएको रसिलो रस काँटाले बनाएको सानो प्वालहरुबाट हल्का बाहिर निस्किन्छ त बास्ना अलिकता बढेर मुखमा पानी आउँछ।



यसरि म:म लाई काँटाले गोपेर अचारमा चोपेर मुखमा हाल्दाको आनन्दसंग अरु कुनै पनि आनन्दलाई तुलना गर्न सकिँदैन।


हजूर म:म कोथेको रुपमा पनि खान सकिन्छ। कोथे म:ममा हुने नरमपना, तथा फ्राईभएको भाग चपाउँदा आऊने हल्का झुरुम्मको आवाजसंगै मुखमा रस भरिएर आउँदाको मजा त झन चरम नै छ।



यस्तो मिठो म:म तथा कोथे भित्र राखिएको मासु नहेरि खाइन्छ। तर कहिलेकाहिँ साह्रै मिठो लाग्दा केहि हेर्न पनि मन लाग्छ अलिकता मम फुटाएर। राम्रोसंग बनाईएको मिठो म:म फुटाएर हेर्दा पनि झनै मिठो देखिन्छ।



ल भन्नुहोस यति कुरा पढ्दा, चित्र हेर्दा र कल्पना गर्दा तपाइँको मुख, गालाको भित्रि भाग, जिब्रो तथा घाँटि प्रदेशमा भोकयुक्त पानी आयो कि आएन? यदि आएको छैन भने तपाइँको मानसिक तथा शारिरिक स्थिति ठिक छैन, आजै डाक्टरकहाँ जँचाउन जानुहोस।


धन्यवाद्!


 


 

Read Full Discussion Thread for this article