Posted by: fucheketo March 19, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     0       ?        
साथीहरुलाइ विशेष धन्यवाद दिँदै

भाग-५

“ मान्छे , उही मान्छे थिएँ म ! तर एउटा भयले भरिएको निर्लज्जता थपिएको , उसँगका आग्रहहरु म तँपाइ लाइ कसरी भनौँ दाइ , अचम्म मलाइ अहिले लाग्छ जव म खुशीको कपाल बाट गाला सुम्सुम्याउँदै उसका अंगहरुमा खेल्न चाहन्थे खुशीको एक आँखाको अविश्वासी इशाराले समग्र मलाइ रोक्दथे लाग्थ्यो मलाइ मेरा अंग प्रत्यंगका , मेरा सलबलाउन खोज्ने मनका , मनको इच्छा मा हल्लिन खोज्ने चिप्लिन खोज्ने हातका , अनि कता कता काउँकुति लागे जस्तो हुने मेरो शरीरकै स्वामीनी उसका आँखाहरु हुन । ति आँखाहरु एउटा रिमोट हुन , जसले अचानक मलाइ “स्ट्याचु” भनेर कराउँदैछन  अनि म नतमस्तक भएर हार्छु कि भन्ने डरले हल्लिन्न ! हिजो भन्दा त आज खुशी शक्तिशालि छे नी आखिर मेरो जीवनमा !!! के त्यो मेरो कायरता थियो जसले मलाइ रोकेको थियो ? त्यहि मैले भन्ने गरेको पुरुषत्वको अभाव थियो वा खुशि प्रतिकोको मेरो मायाको शुद्दता थियो जसमा जव सम्म खुशिका आँखामा समर्पण आउँदैनन् प्रश्नहरुको सट्टा अहँ हुन्न भनेर म भित्रबाट चिच्याइरहन्थ्यो !!!!
मन भित्रको घाउ गुम्सेर पाकेको देख्नु भएको छ दाइ ?”
मैले अहँ भनेर टाउको हल्लाइदिएँ ! शोधकर्ताहरुको शोधको विषय हुन सक्छ मेरो मन छ कि छैन भनेर !!!!
“एक दिन विवश भएर मलाइ नामर्द भन्ने साथीलाइ मैले मेरो हालत वताएँ !!!!”प्रतिकले कथा रोकेको थिएन !!!

मेरो मनमा फेरि उथलपुथल मच्चियो कथाको नयाँ मोडले । कथाको सफलता त्यो हो जसले श्रोतालाइ , पाठकलाइ भविष्य सोच्न वाध्य तुल्याउँछ । कथा अधुरै भएता पनि श्रोताहरु अन्त्य चाहन्छन् । प्रतिकको कथा जति मलाइ बाँध्न सक्ने केहि छैन । यसले त चुलबुले , लाडिइने मेरो छातीमा एउटा न्यानोपन भर्ने संगितालाइ पनि एक दिनलाइ म बाट टाढा तुल्याएको  छ ।
कथाको गर्भमा अझै धेरै कुराहरु थिए ,के प्रतिकले हल्लाको बिउ रोपेको थियो त आफ्नो साथीलाइ त्यो कुरा सुनाएर ! मलाइ चिसो भएर आयो अब प्रतिक नामर्द भएको कुरा आउँछ त्यो कथामा ! समाज हल्लामा विश्वास गर्छ अनि भिँड पनि , खुशि त्यो भिडमा छ छैन ???

“ उसले टुलुटुलु मेरो आँखामा हेरिरह्यो केहि नबुझेजस्तो गरेर , मलाइ थाहा छ उसको लागि स्त्री एउटा देह हो कला हो जसलाइ हेरिनु पर्छ आँखाले भ्याउन्जेल हरेक इन्द्रियहरुमा उ संचार भर्छे , तर त्यो क्षितिजमा गएर उसको परिभाषा समाप्त हुन्छ अनि त्यसपारिको उत्तर म माग्दैछु ! उसको लागि अन्सल्भेबल !!!!!
“ह्या त्यस्तो पनि हुन्छ र !” मलाइ थाहा छ उसले सुनीसक्ने वित्तिकै यस्तै आश्चर्य प्रकट गरेको थियो !
“ अनि ?” मैले उसलाइ विश्वास दिलाउन चाहेँ मलाइ थाहा छ मैले उसलाइ विश्वास दिलाउनु र नदिलाउनुले मेरो मनोभावमा केहि परिवर्तन आउँदैन । तर पनि त्यो निरर्थक कोशिश भयो म बाट !
“खुशीलाइ तेरो कुरा थाहा छ बुझिस् !”
“कुरा भन्नाले ?”
“ तँ खुशीसँग के चाहन्छस् भन्ने कुरा ! उसले मात्र बुझ पचाएकी हो ! पुरुषका आग्रह हरु नारीले सवै आँखाबाट बुझ्छे केहि थाहा नहुने जस्तो लागेपनि ! त्यो दैवको त्यस्तो संरचनाहो जसले पुरुषलाइ आग्रहि , नारीलाइ जिद्दि , पुरुषलाइ मुर्ख र नारीलाइ चतुर बनाएको छ ! त्यो मायामा शुद्दता , विकार भन्ने कुरा केहि हुँदैन हेर ! आत्मा मिलेपछि शरीरलाइ के को टण्टा तँ बाट जोड नपुगेको हो वा जोड गर्ने तरिका नमिलेको होला कुरा त्यत्ति हो !” उसले व्याख्या गर्यो !
मैले सोचिरहेँ दाइ , कसरी भनौँ म खुशीले बुझ पचाउँछे , पक्कै मेरो आग्रहको दोष होला !!!! केहि मेरा गुण ,लक्षणहरु मिलेनन् होला !!!! उ वत्तिस लक्षणले युक्त भएकीमा म एक लक्षणनै कम भए पनि त उसले दाज्नेछे ! थोरै शालिन बार्गेनिंग गर्नेछे ! “


“ खोइ के के कुरा हो के के !” यसपाली मैले प्रतिकलाइ विचमैँ रोकेँ !
“किन र दाइ ?”
“तिमीले मलाइ मायाकै परिभाषा नबुझ्ने बनायौ !”
“ कसैले बुझेको छु भन्छ भने मुर्ख हुन्छ दाइ !”
प्रतिक हाँस्यो ! उसको हाँसो गहिरो थियो ! मुस्कानमा केहि रंगहरु घोले जस्तो गाढा , अँध्यारा रंगहरु जुन पोतिएर क्यान्भाषमा रात बनाइन्छ होला त्यस्तै त्यस्तै !

“ उसको भनाइमा खुशी बार्गेनिंग गर्दै थिइ । प्रत्येक नारीमा प्राकृतिक समर्पण लुकेको हुन्छ जसलाइ उ सकेसम्म लुकाउन चाहन्छे । जसलाइ यो लुकाउन आउँदैन उनीहरु बेचिन जान्दैनन् !
त्यो समर्पणको मुल्य नै त हो समाजले तोक्ने ! समाज ब्यापारी हो अरे दाइ !”
मैले झट्ट संगितालाइ सम्झेँ ! उ हाँसेको सम्झे खिसिक्क ! मिलेको दाँत रातो ओठ , तल कसैले खत बनाइदिसकेको छ तर पनि त्यो ओठमा एउटा निश्छल मुस्कान छैन ! उसलाइ निर्लज्ज भएर जिस्क्याइको शुरुवात गर्न आउँदैन तर उसको कमजोरी उ बुझ पचाउन जान्दिन आफुतिर बढेका बाढीहरुलाइ अन्त तर्काएर वाढीलाइ नै मुर्ख बनाइदिन उ जान्दिन ! भनौँ आफ्नो मुल्य तोक्न उ जान्दिन !
उसले आफ्नो समर्पणको मुल्य बुझकी रहिनछे ! उ म सामु आउँदा उ आफू मुल्यवान बस्तु नसम्झी मलाइ पारखि भएकाले मुल्यवान हो यो भन्ने भ्रम मा आउँछे संगितालाइ थाहा छैन सबै ठाउँमा एक्सपेरियन्स चल्दैन !

“खुशी सँगको मेरो व्यवहार प्रष्ट नभएर ममा कम्प्लिकेसन आएको हुने सम्भावना कति छ !” एक दिन मैले त्यहि साथीलाइ सोधेँ !”
त्यो सोध्न जरुरी कुरा हुँदै हैन ! त्यो स्वयं सिद्द थियो कुरा !तर यो त उ आफुले आफैलाइ सोध्नु पर्ने कुरा हो मैले मनमनै सोचेँ ।
“ उसले हो तेरो व्यवहार प्रष्ट नभएर नै हो ! भनेर भन्यो !”
मैले खुशीको बारेमा सोचे उसलाइ थाहा छैन उसको आफ्नो भनाउँदो उ बाट के चाहन्छ । उ चाहन्छे दुइ जनाको सम्बन्धको विचमा सामाजीक मुल्य मान्यता कसैका हल्लाहरु तगारा नबनुन । उनीहरु सँग सिंगो भविष्य थियो त उसले त्यो कुरा गलत सोची भनेर पनि कसरी भनौँ । यो प्रतिक आफु भित्रै अल्झिएको छ यसरी कि उसले खुशीको बारेमा सोच्ने फुर्सद सम्म पाएन ! कस्तो स्वार्थी मान्छे फेरि अचानक मेरै मनको अर्को कुनाले हाँस्दै प्रश्न गर्यो ! तँलाइ तेरो स्वास्नीको रातको प्रहारका एक्ला सुस्केराहरुको बारेमा थाहा छ कुनै अबोध तर चंचल देहसँग खेल्दै गरेको बेला ! तँ पनि त स्वार्थि होस् त्यसो भए ! त्यसपछि हारेर कायर भएर म मेरो दायरामा आउँदै सोचे ,,, होस् प्रतिककै कथा सुन्छु सोच्दिन म खुशीका कुराहरु !!!!!!!!!!!!!!”

“ मैले उसलाइ हेरेँ उ प्रष्ट छ , उसका विचारहरु प्रष्ट छन् त्यसको अघि एउटा आफै मा अन्तर्द्वन्द मा घेरिएको एउटा अस्तित्व छ जो हुनु नहुनुको धेरैलाइ मतलव छैन ! म आफुमा भाँसिदै भाँसिदै आफ्नो टेक्ने धरातल खोज्दै पाताल पुग्न आँटेको बेला छ !
 मैले उसको प्रष्टताको खुलेर उसको सामु तारिफ गरेँ ! उसको पुरुषत्वको तारिफ गरेँ , अनि उसले प्रतिपादन गरेका सवै नारिवादी चिन्तनहरु सहि छन् भनेर स्विकारीदिएँ !!! मलाइ थाहा थियो उसको कमजोरि ! उ प्रशंसा पचाउन सक्दैन थ्यो ! उ फुल्दै जान्थ्यो जव म उसमा प्रशंसाका शब्दहरु पठाउँथे ! मलाइ कहिले काहिँ लाग्थ्यो मेरो प्रशंसा वजन बनेर किलो किलोका दरले उ भित्र छिरिरहेका हुन्छन् !”
प्रतिक धेरै बेर चुप भयो !
“ अनि अनि के भयो त ?” मेरो ब्यग्रताले सिमा नाघेपछि मैले बुझ्न चाहेँ के का लागि थियो त यति धेरै प्रशंसा उसको ?
“ अनि अन्त्यमा मैले उ सँग सोधी छाडेँ , मलाइ ति सबै कुरा सिक्न मन छ जुन मैले अहिले सम्म भोगेको छैन ! माया नमिसिएको भोगाइबाट केहि सिकेर त्यसमा मैले माया मिसाएर खुशीलाइ दिन सकेँ भने शायद !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
खुशीले नबुझेकी होला वा उ जिद्दि होला त्यो आफ्नो ठाउँमा छ तर म मेरो प्रस्तावको भाषा परिवर्तन गर्न चाहन्छु ! एउटा सिकारुले आग्रह गरेको भन्दा कुशल भएर प्रदर्शित हुन चाहन्छु खुशिको सामु !!!!!!!!!!!!”
क्रमश:






Read Full Discussion Thread for this article