Posted by: sachetnep March 17, 2010
नारी अस्मिता माथि पापी पत्रकारिता
Login in to Rate this Post:     1       ?         Liked by
hamile yo sajha forum ma Namrata Shrestha ko bareama tannai thread haru padhdai ayeka chau. Aba kahani le naya mod le jasto cha PeopleBoat ma publish bha ko yo article pani padhne ho ki?

gajab ko kura ta k bhane Patrakar harule Namratako Asmita mathi khel bad garyo re !!!!  Source PeopleBoat written by : shreaya

नारी अस्मिता माथि पापी पत्रकारिता
हजारौ वर्ष देखि चलि आएको पितृसतात्मक नेपाली सामाजिक परिवेसमा नारी माथि सदा अत्याचार हुदै आएको छ | हिन्दु सास्त्रमा नारी जातिलाइ बिसेष महत्वका साथ धन, बिद्या र बलमा पुरुष भन्दा माथि राखिएको भए पनि सोहि धर्म र दर्शनका अनुयेहीहरु आजसम्म पनि महिलालाई सन्तान जन्माउने र हुर्काउने मेसिनको तथा मनोराजनको साधनको रुपमा मात्र हेर्न चाहन्छन |


नेपाली पुरुषहरु महिलाले गरेको सानो गल्तिलाई पनि तीललाई पहाड बनाउने गर्छन भने तिनै
पुरुषको हजारौ गल्ति नारीले सहनु परिरहेको छ | एकैसौं सताब्दीको एक दशक पुरा हुँदा सम्म पनि नेपाली महिला माथिको सामाजिक कु दृष्टि कहिले हटेन |

namrata

येही सन्धर्बमा हालसालै नेपाली संचार
माध्यममा भएको नारी अस्मिता माथिको प्रहरले मलाई ज्यादै नै दुखि तुल्याको छ | अशिक्षा र अन्ध विश्वासमा गुज्रिएको हाम्रो समाजमा राष्ट्को चौथो अंग र समाजलाई सदाचारको बाटोमा डोर्याउने देशको ऐना मानिने संचार माध्यम नै आजसम्म पनि नारी जातिलाई अगाडी बढ्न नदिन अनेक प्रोपोगान्डा र बेक्तिगत सूचनाहरु सम्प्रेषण गरि मनोरंजनको पात्र बनाई रहेका छन् |
पेशाको मर्यादा र आचार संहिताको बिपरित
व्यक्तिगत जीवनसँग सम्बन्धित पक्षलाई समाचार बनाएर उनीहरु मानवको बेक्तिगत
जीवन जीउन पाउने अधिकारको उल्नगन गरि मानबता बिरोधि गम्भीर अपराध गरिरहेका छन् |

केहि वर्ष अगाडी आपत्तिजनक फोटो पत्रिकामा चापिए पछि नायिका श्रीषा कार्कीले आत्म हत्या गर्नु पर्यो | तेस्तै केहि महिना अगाडी अभिनेत्री नम्रता श्रेष्ठको तथा मोडल पूजा लामाको यौन प्रकरण भिडियो बारेको समाचार छापियो | जसले गर्दा उनीहरु आज सम्म पनि समाजमा घुलमिल हुन नसकिने स्थीति पैदा भएको छ | हो, निश्चित रुपमा नम्रता एक  सार्वजनिक छवि बोकेकी पात्र हुन् तर सो सारारिक सम्भंद एकजना उमेर पुगेकी युवतीले उमेर पुगेको युवकसँग गरेको नितान्त व्यक्तिगत क्रियाकलाप
थियो। त्यो न त सार्वजनिक स्थानमा गरिएको थियो, न त त्यसबाट समाजमा अन्य जनतालाई कुनै असर पर्ने काम नै थियो। नत उनले आफू कुनै साधु सन्त जसरि यौन गतिविधिबाट टाडा बसेकी रूपमा कहिले आफूलाई प्रस्तुत गरेकी थिइन्। तर पनि उनि एक अवला नारी भएकै कारणले गर्दा आज उनलाई पित पत्रकारिता गर्दै समाज बाट बहिस्कार गर्न प्रेरित गरिदै छ |

नेपालमा सार्वजनिक छवि बोकेका पुरुषबाटसोहि प्रकृतिका घटना न भएका होइनन तर पनि उनीहरु बाट हुने तेस्त घटना संध 
ढाकछोप गर्ने कोसिस गरिएको छ | महा नायक राजेश हमालको नांगो तस्बिर, गाएक प्रकाश ओझाको योंन भिडियो को त कुरै जावोस शोएम नम्रता श्रेठ संग सम्भंद राख्ने डिजे तान्त्रिकको कसैले नामै लिएनन् | के यो संसार बुझेका पत्रकारहरुले नारी माथिको गरेको जघने अपराध हैन ? हाम्रो कुरा कसले
बोलिदेने ? हरियो नोटको खेति गर्न बसेका सैउ मानव अधिकारबादी संघ संस्था र तिनका टाउकेहरु के गर्दै छन् आज ? 
यसै बिच केहि हप्ता अगाडी एउटा खुसिको कुरो सुन्न पाहियो नम्रताश्रेष्ठ सभासद गगन थापा र पूर्व मिस नेपाल माल्भिका सुब्बासँगै बिच क्रिकेट फेस्टिभलको 'सद्‍भावना दूत' घोषणा समारोहमा पत्रकारसम्मेलनमार्फत् सार्वजनिक भइन् | म सलाम गर्छु नायिका नम्रतालाई, तिम्रो पहिला सँधै एसरी नै अगी बडी रहुन | पापी समाजका पापी पत्रकार प्रति तिमी येसरी नै झापड लगाई रहु | येही छ मेरो शुभ कामना | प्यारी बहिनी  श्रेया |

Source PeopleBoat written by : shreaya


Last edited: 17-Mar-10 08:59 PM
Last edited: 17-Mar-10 09:02 PM
Last edited: 17-Mar-10 09:03 PM
Read Full Discussion Thread for this article