Posted by: soaltee March 13, 2010
बन्दुकको उन्मादले यीनाबालक टुहुरा
Login in to Rate this Post:     0       ?        
कस्तो आङ् सिरिङ हुने घटना घटेछ, हरे! ति बालबालिका को फोटो हेर्नुस् त। कसरि सहे होला यति कलिलो उमेरमा त्यस्तो असहाय चोट। अति गर्नु अत्याचार नगर्नु भन्थे यहाँ त परकाष्ठा नै नाघेछन्। प्रजातन्त्र आयो, लोक्तन्त्र आयो भन्थे, खै त निर्बल्, निमुखा अनि दलित हरुले न्याय पाउने दिन त अझै आएको रहेनछ। खै कहाँ छन् मानव अधिकारवादि हरु नागरिक समाज हरु? कमसेकम पोस्ट्मार्टम को पारदर्शी ढंगले अनुसन्धान गर्न को लागि त घचघचाउनु पर्छ। पिडित परिवारमा मेरो हार्दिक समवेदना छ, समाचार मा आएको थियो कि अभिवाक को हत्या गरिदिएपछि छाक टार्ने समस्या विकराल बनेको छ भनेर। पिडित परिवारलाइ सहयोग गरेर दुख: बाँड्न पाए साँच्चै नै केहि राहत महसुस हुनेथियो।

Last edited: 13-Mar-10 11:57 PM
Read Full Discussion Thread for this article