Posted by: Neal H March 7, 2010
गुदद्वार मैथुनमा महिलालाई मज्जा हुन्छ कि हुँदैन ?
Login in to Rate this Post:     1       ?         Liked by

१. गुदद्वार मैथुनमा महिलालाई मज्जा हुन्छ कि हुँदैन ?
२. नियमित गुदद्वार मैथुनले उमेर ढल्कँदै जाँदा समस्या आउँछ कि आउँदैन ?
३. यसले लिंगलाई कुनै हानि हुन्छ कि हुँदैन ?


उत्तर ः प्रायः सबैजसो प्राणी तथा वनस्पतिजगत्मा आफ्नो वंशजको निरन्तरताका लागि एक विशेष किसिमको क्रियाकलाप हुन्छन्, जसले गर्दा दुई फरक-फरक जीवमा भएको वंशाणु एकै स्थानमा आई दुवै जनाको गुण बोकेको नयाँ जीवको सुरुवात हुन्छ र यही विशेष क्रियाकलाप यौनसम्पर्क हो । मानवसम्ममा आइपुग्दा यो एकदमै जटिल शारीरिक तथा मानसिक प्रक्रियाका रूपमा देखापर्छ । सामान्यतः यौनसम्पर्क भनेको पुरुष र महिलाले एक-आपसका यौनअङ्ग सम्पर्कमा आउने गरी गरिने विशेष क्रियाकलाप हो । अहिले यौनसम्पर्कको प्रमुख उद्देश्य सन्तान जन्माउने मात्र नभै यौनसुख प्राप्त गर्ने भएकाले फरक किसिमले सोच्नुपर्ने भएको छ ।

के विपरीत लि·ीमा पनि गुदामैथुन हुन्छ ?

कतिपयले गुदामैथुन भनेको नै समलिङ्गी यौन व्यवहार हो भन्ने माने पनि विपरीत लिङ्गी व्यक्तिले पनि यो अपनाउँछन् । यौनअङ्ग तथा गुदद्वारको सम्पर्क हुन समान लिङ्ग भएका व्यक्तिहरू नै चाहिन्छ भन्ने छैन । गुदामैथुन समान लिङ्गी व्यक्तिहरूको तथा विपरीत लिङ्गी अर्थात् पुरुष तथा महिला बीच पनि हुनसक्छ, जुन कुरा तपाईंको पत्रले पनि स्पष्ट पारेकै छ । किन्सेको एक अप्रकाशित अध्ययन तथ्याङ्कमा ९ प्रतिशतभन्दा कम वैवाहिक जोडीको बीचमा यस्तो किसिमको यौनव्यवहार भएको देखिएको थियो भने अन्य अध्ययनमा २५ देखि ४३ प्रतिशतसम्म जोडीहरूमा यस्तो व्यवहार देखिएको कुरा आएको थियो ।

के गुदा-मैथुन गर्दा यौनआनन्द पाइन्छ ?

मानिस किन गुदामैथन गर्न लालायित हुन्छन् भन्ने कुराको जवाफ पाउन सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भनिन्छ । प|mायडले भनेझैं मुख, यौनाङ्ग र गुदाक्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन् ।  योनिको बाह्य भागजस्तै नै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्् । अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडितिर हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई अंग्रेजीमा बलब भिचयतष्अष्sm भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई बलब यिचनबsm भनिन्छ । अर्कातिर, कतिपय व्यक्ति धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द र रोमाञ्चको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन् ।

तर यसो भए पनि व्यक्तिको रोजाइ अनि मनपराइ महत्त्वपूर्ण हुन्छ । तपाईंकी श्रीमती मानसिक रूपमा तयार हुुनुहुन्न, यसलाई रुचाउनुहुन्न, तर तपाईंको यौनसन्तुष्टिका लागि एक किसिमको सम्झौता मात्र गर्नुभएको हो भने विचार पुर्‍याउनुपर्ने हुन्छ ।

के गुदद्वारमा यौनसम्पर्क गर्दा समस्या आउँछ ?

गुदामैथुन पनि यौनसम्पर्क नै भएकाले लिङ्ग-योनि मैथुनजस्तो यौनरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ भन्ने कुरा तपाईंलाई स्पष्ट हुनैपर्छ । अर्को कुरा, गुदामैथुन स्वीकार्य यौन व्यवहार नभएकाले धेरैजसोले यसलाई लुकाउँछन् । कतिपयले त यस्तो पनि हुन्छ र भनेर यस्तो यौन व्यवहारको अस्तित्व नै नेपालमा नहुने मान्छन् । यौनसम्बन्धी कुरामा छलफल गर्दा लाज हुने भएकाले पनि चिकित्सक र बिरामीको बीचमा कुरा हुँदा पनि खुलस्त रूपमा छलफल हुन नसक्दा निदान र उपचारमा पनि केही समस्या आउन सक्छ । योनिको भन्दा फरक संरचना र कार्य भएकाले चोट वा हानि नपुगोस् भनेर सावधानी अपनाउनुपर्छ । त्यति गरे गुदामैथुनबाट पनि यौन आनन्द लिन-दिन सकिन्छ ।

एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि-लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसो हुनुको कारण गुदानलीमा योनिमा जस्तो रस निस्कँदैन र त्यसको भित्री छाला पनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पुर्‍याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ । लिङ्गमा विशेष हानि पुग्ला भनेर चिन्ता नगर्नुभए हुन्छ । त्यसैले कन्डमको नियमित तथा सही प्रयोग उत्तिकै आवश्यक छ । योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ । गुदद्वारमा प्रवेश गराएको लिङ्ग कण्डम नफेरी त्यसै योनिमा प्रवेग गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुवाट संक्रमण हुनसक्छ । जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरि मात्र राम्रोसँग सफा गरेर पुग्दैन, भित्रतिर सफागर्न डुसकै आवश्यकता पर्छ । त्यसै गरेर गुदद्वार वा गुदानली केही खराबी जस्तै कि जबझयचचयष्मक, ाष्ककगचभक, ाष्कतगबि, उयथिउक हो वा होइन विचार गर्नुपर्छ । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित वा खोल्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यासपछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजेमा यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ । यस्तो स्थितिमा गुदा-मैथुनलाई पीडारहित बनाउन सकिन्छ ।


 

Read Full Discussion Thread for this article