Posted by: Neal H March 5, 2010
यौनक्रियाको उचित समय
Login in to Rate this Post:     0       ?        

काठमाडौ, कार्तिक १४ - के तपाईं जान्नु हुन्छ ? यौन सम्पर्कका लागि सही समय कुन हो ? कुरा अनौठो लागे पनि बेलायती नागरिकको कुरा गर्नु हुन्छ भने राति सवा दस बजेको समय यौन क्रियाका लागि सबैभन्दा बढी उपयुक्त हुन्छ । किनभने करिब आधाजति बेलायतीहरू यो समय आफ्नो प्रेमीसँग अन्तरंग क्षण बिताइरहेका हुन्छन् ।

'द डेली एक्सप्रेस' मा छापिएको एउटा समाचारअनुसार केही अनुसन्धानकर्ताले करिब पाँच हजार व्यक्तिको सर्वेक्षण गरेर उक्त नतिजा निकालेका हुन् । तर राति सवा दस बजेकै समय उपयुक्त किन ? सर्वेक्षणमा अधिकांश बि्रटिस पुरुषले जवाफ फर्काएका थिए, 'जसले कि राति साढे दस बजेबिना कुनै अवरोध फुटबलको मुख्य अंश देख्न सकियोस् ।'

यो सर्वेक्षणको नतिजाअनुसार बेलायतमा यौन क्रियाका लागि दोस्रो सबैभन्दा बढी उपयुक्त समय शुक्रबार राति नौ बजे र तेस्रो सबैभन्दा उपयुक्त समय आइतबार बिहान साढे नौ बजे हो । तर के अन्तरंग क्षणलाई पहिलेदेखि नै समय सीमामा बाध्न सकिन्छ र ? सर्वेक्षण गराउने साइटका प्रवक्ताको भनाइमा 'यो सर्वेक्षणले थाहा पाइएको छ कि प्रेम समाप्त भइसकेको छ । मनुष्य आफ्नो सुविधा अनुसार यौन कर्म गर्छन् । आज व्यक्तिको जीवनमा यौनको बढी महत्त्व छैन ।'


Read Full Discussion Thread for this article