Posted by: KAledai March 5, 2010
यो मन एक्लै छ।
Login in to Rate this Post:     1       ?         Liked by

सिम्पल जि,


यो गीत मैले २०४९ मा लेखेको थिए, धेरै पहिले त्यसैले ओल्ड vsn बाट न्यू vsn मा ल्याउनु त जरुरी थियो। तर यहाँ अप्ग्रेट भएर पनि अप्ग्रेटेड् जस्तो मलाई लाग्दैन। "मलाई लाग्छ ओल्ड इज गोल्ड" अनि त्यसै ताका (२०५०) मा लेखेको थिए। संगीतबद्ध भै पनि मैले रेकर्ड गराउन असमर्थ थिए किनकी त्यो समयमा स्टुडियो अनि कौडिको अभाब थियो।  


भो प्रिय, तिम्रो मायाको भकारी सिध्धिएला
नदेउ मलाई तिम्रो माया
अब म एक्लै जिउन चाहान्छु
अब म एक्लै पिउन चाहान्छु। 


थाहै थिएन जिन्दगी यस्तो हुन्छ भनेर
सधैं - सधैं निरस जीबन
तिमी मलाई छाडिदेउ, म पागल
लड्न चाहन्छु ढल्न देउ
तिमी बाचिरह अझ फुल नझर्दै
सङी चिनिहाल साँझ नपर्दै


पुरै जिएन जिन्दगी कस्तो हुन्छ भनेर
आँसु नै आँसु पिएको जीबन
तिमी मलाई तोडिदेउ, म कायर
खस्न चाहन्छु खस्न देउ
तिमी नाचिरह गीत बजिरहदै
माया गासिरह यौबन नसक्दै                 


कालेदाइ


        

Read Full Discussion Thread for this article