Posted by: Neal H March 4, 2010
मोटर गुड्यो सोलुमा
Login in to Rate this Post:     0       ?        

सोलुखुम्बु, फाल्गुन २१ - सरर्र मोटरमा हुइँकिने रहर कसलाई हुँदैन ? वर्षौंदेखि सोलुवासीले साँचेको सपना बल्ल साकार भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक बिहीबार मोटर आइपुगेको छ । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले सल्लेरी-ओखलढुंगा सडकको उद्घाटन गरे । मन्त्री ओखलढुंगा सदरमुकामबाट सल्लेरीसम्म गाडी चढेर आएका थिए । उनलाई लिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायत कार्यालय प्रमुखहरूको टोली बुधबारै ओखलढुंगाको रमाइलो डाँडा पुगेको थियो । ओखलढुंगा हुँदै पहिलो पटक दुईवटा मिनीबस र दस जिप मन्त्रीसँगै सल्लेरी भित्रिएका हुन् । जिल्लावासीले मन्त्री मात्रै होइन, गाडीलाई समेत अबिर र खादा लगाएर भव्य स्वागत गरे ।

'०६७/६८ मै कालोपत्रसमेत गर्ने र शाखा सडक विस्तारका लागि पहल गरिने आश्वासन पनि मन्त्रीले दिए । मोटर आएकाले स्थानीयवासी हषिर्त छन् । 'अब ४५ सय रुपैयाँ खर्चेर महँगो जहाजमा उड्नुपर्ने  छैन', यातायात सञ्चालक समिति सोलुखुम्बुका सदस्य नारायण खडकाले भने, 'खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल लैजान पनि सजिलो हुनेछ ।' सोलु- ओखलढुंगा सडक ३७ किलोमिटर छ ।

Read Full Discussion Thread for this article