Posted by: Neal H February 27, 2010
Kathmandu Ko Sadakma Ragat Ko Holi
Login in to Rate this Post:     0       ?        

काठमाडौंको गोंगबुमा माइक्रोबसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु, आक्रोशित बासिन्दाद्वारा प्रदर्शन, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा दर्जनौं राउण्ड अश्रुग्यास प्रहार


2010-2-27 18:37:38
काठमाडौंको गोंगबुस्थित बानियाटारमा माइक्रोबसको ठक्करबाट चार वर्षीया कञ्चन रानाको मृत्यु भएको छ। तीब्र गतिमा आएको बा१ज ८११३ नम्बरको माइक्रोबसले ठक्कर दिंदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाको विषयलाई स्थानीय बासिन्दाले माइक्रोबस तोडफोड गरेका छन्। उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारी विरोध प्रदर्शन गरिरहेको जनाइएको छ।

 

 यता, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ। करिब साढे तीन बजे भएको दुर्घटनापछि गोंगबुक्षेत्र तनावग्रस्त बन्न पुगेको छ। अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बानियाँटारको सडक साँघुरो भएकोले यसअघि पनि त्यहाँ पटक पटक दुर्घटना हुँदै आएको छ।। 

Read Full Discussion Thread for this article