सम्पूर्ण रास्ट्र बादी मित्र हरु
नेपालि जनता को ६० बर्षे संघर्ष सिल प्रजातन्त्र मा संकट आएको छ . जनता को संबिधान को हत्या भएको छ . एक निरन्कुसत लाइ खत्तम गरि सैयौ निरंकुसजन्मिएका छन् . लुटतन्त्र र बन्दुके तन्त्र को च्याप मा नेपालि निचोरिएका छन् . ' हतार मा निर्णय गर्ने र फुर्सद मा पछुताउने अदुरदर्शी नेता हरु को कारणनेपाल र नेपालि को अस्तित्व नै समाप्त हुने होकी भनि जनता छटपटाई रहेका छन् . देश निकट भबिस्य मा मुल कानुन संबिधान बिहिन अबस्था मा पुग्दैछ .धान्नै न सक्ने गरी असहमति को मानासिकता जन जन मा मौलाएकोछ .हाम्रो एकता मा हिलोछ्यापिएको छ . बिदेशी दुसित पाइला हरु परेड खेल्ने तयारि माछन् . जनता निरास , हतास र लाचार देखिएका छन् . सामाजिक , सासकृतिक , आर्थिक मेरु दण्ड भाचिएका छन् . अबिस्वास नै अबिस्वास को कालो बादल लेराजनीति लाइ अध्यारो कोठारी मा पुर्याएको छ . कतै हाम्रो देश लाइ अकल्पनीय चुनामी को शिकार बनाइने त होइन ?निस्कलक , निस्पक्ष , इमान्दार , निडरअनि उच्च मनोबल भएको रास्ट्र बादी नेता देश मा पाउन सकिएको छैन .एउटा सस्था थियो देश को पहरेदार त्यस लाइ बिदेशी को निर्देशन मा जबर्जस्ति पाखापारिएको छ . शान्ति र सुरक्षा अपहरण मा परेका छन् . संबिधान तोकिएको समय मा न बन्ने निश्चित भयो . रास्ट्र पति वा शैनिक शासन लागु हुने हल्ला छ. यो शक्ति ले आन्तरिक वा बाह्य कस्तो प्रतिक्रिया भोग्ला र परिणाम के होला भबिस्य कै गर्भ मा छ . जन जाति द्वन्द र मधेश को द्वन्द ले नेपाल मा भारतीयशेना लाइ निम्ताउन सक्ने आसंका केहि पक्ष ले उठाउन थालेका छन् .
तसर्थ यस्तो विषम परिस्थिति मा प्रत्यक रास्ट्र प्रति माया गर्ने नेपालि ले जनता लाइ खबर दारी गर्नु र उनि हरु लाइ सु सुचित गर्नु अनिबार्य भएको छ . देशमा सहमतीय राजनीति को लागि के राजा बादी के प्रजातन्त्र बादी के माओबादी ? सबै एउटै टेबुल मा बसेर छलफल गर्नु पर्यो भनि दबाब मुलक र अन्दोलन गर्नुआज को आबस्यकता हो जस्तो मलाइ लाग्दछ र त्यहि राउण्ड टेबुल बार्ता ले २०४७ साल को संबिधान लाइ आबस्यक संसोधन गरि सबै पक्ष को अस्तित्व लाइस्विकार गर्ने बाताबरण तयार गर्न सक्दछ .