Posted by: Sufal February 25, 2010
बिश्वासघात
Login in to Rate this Post:     0       ?        

तर जती बेला उस्को हातमा हरियो पत्ता पर्‍यो या भन्नु उस्को चाहना पुरा भयो त्यस पछी उस्का हरेक कृयाकलापहरुमा परिवर्तन आए। चुपचाप सहेर बसें म। त्यही सहेको फल भोग्दै छु म अहिले। किन आईमाईहरु सहन्शिल हुन्छन? अझ बढी त एसिया तिरका आईमाईहरु सहन्शिल हुने। यो नारी मनलाई किन कुल्चिन्छन यि पुरुषहरु? हुन त सबै पुरुषहरु त्यस्ता हुँदैनन, मेरो चाँही त्यस्तो पर्‍यो।" उ आफ्नै सुरमा आफ्नो सारा ब्रित्रान्त कहँदै गइ।


                मलाई अब उसँग के भन्नुपर्छ भन्ने नै थाहा थिएन। केबल सुनिरहें उस्का जीवनका वास्तविक काहानीहरु। कल्पनिक पनि हुन सक्छन, एक तर्फी कुराको भरमा मात्र मैले उस्ले भनेका सबै कुरा साँचो नै हो भनेर भन्न मिल्दैन्न। म बिचमा परेको जस्तो भान भइरहेको थियो मलाई। त्यसैले केही पनी बोलिन म त्यतिबेला। उ अली सम्मालिएको महसुस गर्ने बित्तिकै मैले घर जाने आग्रह गरें।


                घर पुगेपछी पनि अनेकौ कुराहरु खेलिरहे मेरा मनमा। घर गृहस्थिमा कतिपय मन नपरेका कुराहरु अन्यत्रीलाई नदेखाउनु पर्ने हुन्छ। किन भनी उस्ले यी सब कुरा मलाई? के उस्ले भनेका सबै कुरा साँचो हुन त? होइन भने मलाई किन उस्ले कल्पनिक काहानी भन्नु थियो र! यदी साँचो हो भने कत्ती निस्चल छ उस्को मन, कत्ती अबोध छ उस्का कामकुराहरु उस्को परिवारका खातिर। त्यस्ता अबोध नारिलाई नै झूटो प्रेम जालमा फसाएर, उसको जीवनसँग खेल्ने मानिसको अबतारमा जन्मिएका त्यस्ता पशूहरूले गर्दा नै सम्पूर्ण पुरुषहरू बदनाम भएका छन आज, होइन्न र? हुन त नारिहरु पनि त्यस्ता नभएका त होइन्न। तर पनि नारिहरुको दाँजोमा पुरुषहरुको अनुपात बढी नै छ जस्तो लाग्छ यस्ता कुराहरुमा। श्रीमान श्रीमतीका लागि र श्रीमती श्रीमानका लागि दरिलो खम्बा बनेर उभिनु नै दाम्पत्य जिबनमा विश्वासको सम्बन्ध प्रगाढ बनाउने सूत्र हो भन्ने बुझेकी छु मैले। आपसी समझदारी, सहयोग र प्रेम नै सम्बन्ध टिकाउने कुराहरु हुन्। एकले मात्र यी कुराहरुबाट आफ्न हात झिकिदिएमा उनिहरुको दाम्पत्य जिबन तहस-नहस हुने पक्का छ र पनि त्यही हरियो पत्तोको लागि आफ्नो अनी छोरीको जिन्दगी अनी उस्को भबिस्य सँग किन खेलबाड गर्दै छ उस्को श्रीमान। आखिर उस्को केही गल्ती नै नभइ उस्को श्रीमानले यी सब काम कुरा गरेको होला त?


               उस्को कोठासँगै कोठा जोडीएको छिमेकीसँग भेट हुँदा पनि "यो कोठाका लोग्ने-श्वासनी साह्रै झगडा गर्छन्" भन्दै थिइ केही हप्ता पहिला। सँगै बस्ने क्रममा श्रीमान्-श्रीमतीबीच ठाकठुक पर्नु स्वाभाविक हो। यसबाट जुनसुकै दम्पती पनि अलग छैनन। लोग्ने-श्वासनीको झगडा परालको आगो। कस्को पो हुँदैन र। बरु लोग्ने-श्वासनीको बेला मौकामा सानो तिनो ठाकठुक परेन भने डर हुन्छ। त्यती ठुलो बोझ मनमा हुँदा पनि पछी पछीका भेटमा उ मसँग मुस्कुराएकै देखेकी थिए। जती सुकै दु:ख कस्ट पर्दा पनि त्यस दु:ख कस्टलाई आफु भित्र नै गुम्साइ अरु सामु किन मुस्कुराउनु पर्ने होला? हुन त आफ्नो दु:ख कस्टमा झेलिएको कुरुप अनुहार कस्ले पो देखाउन चाहन्छन र अरु सामु । त्यसैले मुस्कानमा आफ्नो दु:ख कस्ट लुकाउने शक्ती छ जस्ले लाग्छ मलाई। मैले आज सम्म कुरुप मुस्कान कसैको देखेकी छैन। मुस्कान कस्को पो नराम्रो हुन्छ र ? हाँस्दा सबैलाई राम्रै देखिन्छ। अरुको जस्तै उस्को पनि मुस्कान नराम्रो छैन होला र उ आफ्नो दु:ख, कस्ट लुकाइ आफ्नो परिवारको खातिर सधैं मुस्काँउदै सबैलाइ उज्यालो छर्न खोज्दै छे, मुस्कानसँगै फूल र ताराहरुको बर्षा गर्न खोज्दै छे।


                समय आफ्नै गतिमा चल्दै थियो। एकदिन म मेरो छोरीलाई daycare बाट लिएर फर्कदै थिए। उस्को Apartment को बाहिर केही पुलिसहरु देखें। मनमा अनेक शंकाहरु तल माथि गर्न थाले। म एक सुरले आफ्नै Apartment तिर लम्कदै थिए। अचानक उस्ले मलाई ग्वर्लाम्म अँगालो हाली अनी आँखाबाट आँशुका दानहरु खहरेका भेल सरी फुटाउन थालि। २ दिन भयो मैले मेरो छोरी नदेखेको। मैले छोरी राम्ररी नहेरेको बाहना बनाएर उस्ले म सँग divorce  मग्यो। त्यसपछी हाम्रो भनाभन हुन थल्यो। उस्ले हातपात पनि गर्‍यो। मैले ९११ कल गरें अनी यिनिहरुले मेरो छोरी social serviceमा लगिदिएका छन। उस्ले एकै श्वासमा यि सब कुरा मलाई भनी। त्यसपछी दुई हात जोड्दै उस्ले मलाई "तँलाई मेरो सबै कुरा थाहा छ। बिन्ती! मेरो छोरी मैले राम्ररी हेर्थे भनेर मेरो लागि जमानत बसिदे न पो भन्छे। म त वाल्ल पर्ये उस्का कुरा सुनेर। के गँरु कसो गँरु भयो। हामी दुईको वार्तालाप हुँदै गर्दा पुलिस पनि हाम्रो नजिक आइसकेको थियो।


  झ्वाट मेरो मुखबाट निक्लिहल्य्यो -"मलाई तैले जे भनिस मलाई तेती मात्र थाहा छ। तेरो श्रीमान तर्फका कुराहरु अथवा तेरो घरयसी बातावरण मलाई के थाहा छ र? तिमीहरु श्रीमान श्रीमती हिंडेको, तँ गर्भवती भएको, बच्चा भएको कुरा मलाई थाहा छ अनी तैले आस्ती भनेको कुरा मलाई थाहा छ। तिमीहरु दुईको सम्बन्ध के कस्तो मिनेट भेट्ने मान्छेले कसरी मुल्यंकन गर्न सक्छु र। को मान्छे सही हो को गलत हो म कसरी छुटाउन सक्छु र यती कुराहरुको आधारमा। मलाई यतिकै तिमीहरुको लफडामा नमुछ, I am sorry भनेर हिंडे।"


                Apartmentमा आए। सार्है नरमाइलो लाग्यो। मेरा मन दो-मन भइ एक्-अर्कामा द्रोन्द गर्न थाले। एकले भन्छ - सबै मान्छेहरु स्वार्थी हुन्छन् यस्मा तँ पनि अछुतो छैनस्। तँ आफु पुलिसको लफडाबाट पंछीन तैले एउटा नारिको हारगुहार सुन्न चाहिनस्। तँ स्वर्थी होस् ! कती विश्वाश गरेर उस्ले तँलाई सबै कुराहरु भनेकी थिइ। तर तैले उस्लाई वश्वासघात गरिस्। आर्को मन भन्छ - त्यसो होइन! वास्तवमा भन्ने हो भने मलाई के नै थाहा छ र उस्को बारेमा ? के आधारमा म बिस्व्सत हौं कि उस्ले मलाई भनेका सबै कुराहरु सत्य हुन भनेर। आफ्नो लोग्नेसँग छुटिन उस्ले नै गरेको षड्यन्त्र पनि त हुन सक्छ। उस्ले नै आँफै आफ्नो लोग्नेलाई वश्वासघात गरेकी पनि त हुन सक्छ ?  म उस्लाई कसरी विश्वाश गरी हल्न सक्छु? धेरै बेर पछी दुइटै मन एकै भएर भने - भगवान जाने यहाँ कस्ले कस्लाई वश्वासघात गरेको छ - मैले उस्लाई, उस्ले उस्को श्रीमानलाई या त उस्को श्रीमानले उस्लाई !


*अस्तु*

Last edited: 25-Feb-10 01:26 PM
Last edited: 25-Feb-10 01:31 PM
Read Full Discussion Thread for this article