Posted by: rajankoirala February 23, 2010
अभावमा खड्किएको हाम्रो सम्बन्ध
Login in to Rate this Post:     0       ?        
अभावमा खड्किएको हाम्रो सम्बन्ध 
आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न
जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !

तिम्रो छाती पोलेको देख्छु, उकुसमुकुस सास फेर्न गाह्रो  
न्यौलीको व्यथालाई संगीत भर्दा, शायद गाना गायाँ भनिन्न !
जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !

तिम्रो पीड़ा मेरो पीड़ा पीडैपीड़ामा बाच्न गाह्रो 
सम्झौताको डोरी बाध्दा, शायद माया लायाँ भनिन्न !
जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !

वियोगको पागलपनमा नशा केवल साथी हुन्छ 
हर भेटमा माफ़ी माग्दै, शायद कसम खायाँ भनिन्न !
जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !


आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न
जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !
Read Full Discussion Thread for this article