Posted by: lamjung February 23, 2010
मेसिन रिडेबल पासपोर्ट
Login in to Rate this Post:     0       ?        
सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको ठेक्का भारतीय कम्पनीलाई
दिने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले गत भदौमा सुरु गरेको टेन्डर
पुसमा रद्द गराएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले
विनाटेन्डर भारतीय कम्पनीलाई ठेक्का दिन थालेकी हुन् ।

मन्त्री कोइरालालाई चार डलरमा एमआरपी बनाइदिने भारतीय राजदूत राकेश सुदले
बताएका थिए । जब कि अरू देशका प्रस्ताब त्योभन्दा सस्ता छन् । मन्त्री सुजाताले अचानक ठेक्का-प्रक्रिया नै रद्द गराएकी मलेसिया, फ्रान्सलगायतका देशहरूले भारतभन्दा सस्तो तीन डलरसम्ममा बनाइदिने प्रस्ताब पेस गरेका थिए । परराष्ट्र मन्त्रालयको तयारीअनुसार भारतको सरकारी कम्पनी सेक्युरिटी
पि्रन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छपाइको जिम्मा दिने तयारी भएको हो ।

http://www.dainikee.com/newsdetail-13853.html


सुजाताले छिमेकी राष्ट्रसँग सद्भाव बढी हुने भएकाले एमआरपी छपाइमा -भारतबाट) सहयोग लिनेबारे कुराकानी भइरहेको बताइन् । भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल भ्रमणमा आएका वेला एमआरपी छपाइको जिम्मा भारतीय कम्पनीले लिने प्रस्ताव गरेको जानकारी पनि उनले गराइन् ।

लेखा समिति सदस्य डा. प्रकाशचन्द्र लोहनी ः
चारवटा कम्पनी अन्तिम छनोटमा परेपछि एउटा कम्पनीलाई ठेक्का दिनुपथ्र्यो, तर ठेक्का-प्रक्रिया नै रद्द भयो, किन ?

परराष्ट्रमन्त्री सुजाता कोइराला ः कति यही कुरा मात्रै ? अर्को कुरा सोध्नूस् ? मैले बुझिसकेँ । -दिक्क मानेर उनी कपाल कनाउन थालिन्)


लोहनी ः तपाईं परराष्ट्रमन्त्री होइन ? संसद्को समितिले सोधेका सबै प्रश्नको जवाफ दिनुपर्छ ।


सुजाता ः मेरा अन्त पनि कार्यक्रम छन्, मलाई हतार छ । छिटो-छिटो कुरा गर्नूस् ।


लोहनी ः तपाइर्ं को हो समितिलाई निर्देशन दिने ? आई एम नट योर सेक्रेटरी, यु क्यान गो ।


सुजाता ः तपाईं किन रिसाउनुहुन्छ । एउटै कुरा कति दोहोर्‍याउने ?


-सभासद्हरु
एकातिर मन्त्री अर्कोतिर, विवाद चर्कियो । सँगै रहेका पत्रकार ऋषि धमलाले
बिस्तारै-बिस्तारै भन्दै सम्झाएपछि सुजाता अलिक मत्थर भइन् । उनले एमआरपी
तयार गर्न प्रयास गरिरहेको बताउँदै समय -२८ चैतभित्र) मै नयाँ पासपोर्ट
नआए राष्ट्रिय संकट निम्तने घोषणा पनि गरिन्. 
)


http://www.nayapatrika.com/newsportal/permalink/11034.html


Read Full Discussion Thread for this article