Posted by: shirish February 21, 2010
भ्यालेन्टाईन डे गजल
Login in to Rate this Post:     0       ?        
significant change:

तिमीले ल्यायौ कस्ता रसिक लहरहरु !
कटान हुंदा पनि रमेका बगरहरु !

नहुंदा तिमी कुनै स्वप्निल शहर हुन्न
सपना ब्यर्थै देखें भन्दैछन् नजरहरु !

म हटें तर अझै खतरा तरेको छैन
बाटोमा भेट्छौ मेरा दुरुष्त कसरहरु !

भासिए तिम्रा लागि अग्ला ति शिखरहरु !
पाउमा पीडा रोक्न गरेका कदरहरु !

गलत पुष्टी भए निस्केका खबर सबै
तैपनि दुखी राख्नु कस्तो हो असरहरु ?

घामले चुमे सरि जमेको बरफलाई
बाफ भै उठे खाँदी राखेका रहरहरु !

छांयामा तिम्रो थप्प हराए भ्रमरहरु 
बासना छर्दै फूल, गर्दैछ सफरहरु ! 

पछाडी फर्की हेर्ने बानीले हैरानी बढ्यो 
अगाडी बढ्न फेरौं तरिका तवरहरु !
Read Full Discussion Thread for this article